News Portal

सुर्खेतमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

हिमालीसंचार संवाददाता
३५२ पटक

सुर्खेत। सुर्खेतको बराहताल गाउँपालिकामा मिनीबस (एसएमएल) दुर्घटना भएको छ। ०२२ १ ख १०१४ नम्बरको एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाही रहेको प्रहरीले जनाएको छ।

जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णली प्रदेश गाडी कर्णाली राजमार्ग अन्तर्गत बराहताल गाउँपालिका–८ को हुड्के नजिक ठाउँमा बिहीबार बिहान ७ बजेतिर दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले अनुसार दुर्घटनामा परि ६ जना घाइते भएको जानकारी दिए।

उनका अनुसार अघाइतेहरुको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ। २९ जना यात्रु सवार उक्त गाडी अनियन्त्रित भएर सडक छेउमा पल्टिएको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...