काठमाण्डौं। देशलाई अस्थिर्तातर्फ धकेल्न राजनितिक दलहरु कानून हातमा लिएर जनता भड्काउदै छन्। यो लोकतन्त्र हो की भिडतन्त्र ? बिधिको शासनलाई राजनैतिक दलहरु समाप्त गर्दैछन्। सत्ता र शक्तिको आडमा अनैतिक कामहरु दल र दलका नेताहरू आफै गर्ने। कानूनलाई आफ्नो काम गर्न नदिने। अदालतलाई प्रभावित गर्न अराजक भिड जम्मा गर्ने। अनि के उत्तेजित भिडको दवावमा अदालतले निर्णय लिनुपर्ने ? अहिले को राजनिति बदलाको भावनाबाट ग्रसित छ।
गरिव, कामदार, किसान, नागंलो पसलेहरुले खाई नखाई गरेर जम्मा गरेको पैसा सत्तासिनहरुले नै खाने, अनी कारवाहीको दायरामा ल्याउनै नपाईने ? अहिलेका दलहरुका शक्तिशाली सांसद, मन्त्री, पहुचवाला कर्मचारी नै सहभागी भएको अबस्थामा उल्टै घरघरमा गएर पिडितहरुलाई धम्काउने काम भयको खवर आइरहदा सरकार भने त्यस्तै सहकारी ठगहरुको जग्गा लियर आफ्नो पार्टिको महल खडा गर्न उद्दत भएको छ। बाढि पहिरो गएको चार हप्ता बितिसक्दा पनि पिडितहरुले अझै राहत नपाएको गुनासो उत्तिकै छ।
“काठमाण्डौं महानगरपालिकामा थुप्रिएको फोहर, प्रदुषण त नगरप्रमुख बालेन शाहले सफा गर्लान्। तर राजनिति भित्र थुप्रिएको फोहर कस्ले सफा गर्ने ?
अर्को कुरा पक्रिनु, थुनामा राख्नु मात्र समस्याको समाधान होइन। पिडकहरुले ठगेको अपचलन गरेको रकम निजहरुबाट असुल उपर गरेर पिडित पक्षहरुलाई सरकारले तुरुन्त उपलब्ध गराउनुपर्छ।”
सहकारीको रकम संगठित ठगी गरेको आरोपमा रवि लामिछाने लगायत अरु तिनजनालाई पक्राउ पक्राउ गरेको छ भने, एकजना आरोपी फरारको अबस्थामा छन्। माओवादी नेता प्रचण्ड, रवि लामिछानेलाई सरकारले पक्रिएर गल्ती गरेको भन्दै भिडलाई उत्तेजनामा ल्याउन आफै उपस्थित भएर मलजल गर्दैछन्। रविलाई ०७९ को निर्वाचन जितेर आउन नपाउँदै गृहमन्त्री नै चाहिएको रहस्य अबत स्पष्ट भएको हुनुपर्छ। केपी ओलीको बार्दलिमा पुगेर दुई/दुई पटक गृहमन्त्री भएका ब्यक्तिले एकपटक सोचुन्। के हिजो कांग्रेस नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँड, एमाले सचिब टोपबहादुर रायमाझी लगयत धेरै प्रहरीको हिरासतमा गएका थिए। के उनिहरुले पनि आफ्नो बचाउका लागि यसैगरि जनता गुहारेका थिए ? गल्ति गर्ने ब्यक्तिलाई पक्रिनै नहुने ? यदि निर्दोष सावित भयो भने उनी छुटिनै हाल्छन्। यति धेरै आत्तिएर आफ्ना २१ सांसदहरु सबैलाई पोखरामा उतारेर उत्तेजित भाषण गराउनै पर्दैन। त्यस्ले अदालतलाई प्रभावित पार्न खोजिएको हो ?
घुसखोर, तस्कर, माफिया, बिचौलियाबाट संन्चालित सरकार, तिनैका पार्टनर नेता, राजनैतिक दलहरुबाट अब देशको रक्षा हुदैन। यस्ले देशमा गृहयुद्ध निम्ताउदै छ। राष्ट्रपतिका कानूनी सल्लाहकार भएको ब्यक्ति समेत सहकारीको पैसा अपचलनमा देखिएपछि यहाँ भरोसा लायक कोही छ ? माओवादी जनयूद्धले बिथोलिएको अनुशासन बिहिन वनाएको समाज, नयाँ उदाएका पार्टिले पनि त्यसैलाई मलजल पुर्याएको देखिन्छ। भिडको आडमा कानुनलाई हातमा लिने प्रयास गर्नु त्यो लोकतन्त्र र बिधिको शासनको अपमान हो। काठमाण्डौं महानगरपालिकामा थुप्रिएको फोहर, प्रदुषण त नगरप्रमुख बालेन शाहले सफा गर्लान्। तर राजनिति भित्र थुप्रिएको फोहर कस्ले सफा गर्ने ?
“भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गुहार्दै छन्। भारत आफै समस्याग्रस्त अबस्थामा देखिन्छ। भारतका ५ वटा स्टेटहरु कुनै पनि बेला अलग हुन सक्ने अबस्थामा पुगेको र यिनिहरुलाई पश्चिममाहरुको सहयोग रहने कुरासंग भारत अनभिज्ञ छैन। आफ्नो बचाबको लागि पनि नेपालमा शनातन हिन्दू राष्ट्र सहितको राजसंस्थाको आबस्यक्ता भारतले गहिरोसंग महसूस गरेको पाइन्छ।”
अर्को कुरा पक्रिनु, थुनामा राख्नु मात्र समस्याको समाधान होइन। पिडकहरुले ठगेको अपचलन गरेको रकम निजहरुबाट असुल उपर गरेर पिडित पक्षहरुलाई सरकारले तुरुन्त उपलब्ध गराउनुपर्छ। दुई दिन पक्रिएको नाटक गरेर पिडकलाई उन्मुक्ति दिने काम नहोस्। सरकारलाई यो खवरदारी हो। जुनसुकै पार्टिका शक्तिशाली ब्यक्ति हुदैमा गरीब दुःखी जनताको पैसा खान पाईदैन। जनतालाई अझैपनि कानुन, अदालतप्रति विश्वास छ। त्यो विश्वसनियता कायम होस्।
राजनितिक दलहरुबाट विश्वास गुमाइसकेका जनताहरु यो देशमा स्थायी अभिभावकको अपरिहार्यता महसुस गर्दै राजसंस्था पुनर्स्थापना गर्न सडकमा उत्रीसकेका छन। त्यो आशाको जगमगाउदो किरण राजा ज्ञानेन्द्रलाई आब्हान गरिरहेका छन्। त्यसैबाट अताल्लिएका पार्टिहरु अन्तराष्ट्रिय शक्तिहरुसंग हारगुहार माग्दै छन्। तर आजको परिस्थिति पार्टिहरुको अनुकुलतामा छैन। विश्व परिवेश आ-आफ्नै दन्द्वमा फसेका छन्। पश्चिमा मूलुकदेखी अमेरिकासम्म र तिनका समर्थक राष्ट्रहरू तेश्रो विश्व यूद्वमा जाने डरले त्राहीमा भएको अबस्था छ।
“२००६ सालमा राजा त्रिभुवन शाह राणाहरुको षडयन्त्रका कारण भारत प्रबासमा गएको अबस्थामा होस्। त्यतिबेला राणाहरुले चाहेको भए आफै श्री ५ घोषणा गर्न सक्थे। तर उनिहरुले देश बुझेका थिए। यदि राजा भएनन् भने देश ठूलो असुरक्षमा पर्छ। यो देश उनिहरुको पुर्खा पृथ्वीनारायण शाहले आर्जेको मूलुक हो। राजा बिना देश, जनता, हामी कोहि पनि सुरक्षित रहनौं भनेर ४ बर्षका बालक ज्ञानेन्द्र शाहलाई राजा घोषणा गरेर राजा त्रिभुवनलाई आफ्नो सिंहासनमा फर्काउन सफल भएका थिए। अन्यथा भारतको बक्र दृष्टि त्यतिबेला पनि नपरेको होईन। त्यसैले पनि प्रष्ट हुन्छ की राणाहरु शनातनी र धर्मदेखी डराउँथे भन्ने कुरा।”
रुस र यूक्रेनको यूद्धले झनै तिब्रता लिने देखिन्छ। उत्तर कोरियाले भर्खरै मात्र १५ हजार सेना रुसलाई पठाएको छ। त्यसबाट अमेरिका तनावमा देखिन्छ। उता ब्रिक सम्मेलन भैरहेको छ। उक्त सम्मेलनबाट पनि नेपालप्रति सकारात्मक छलफल हुने देखिन्छ। ब्रिकमा सदस्य राष्ट्रहरुको सख्या बढदै गरेकोले पश्चिमा र अमेरिकालाई अझै चिन्तित गराएको देखिन्छ। विश्वको राजनिति ध्रुविकरणको मोडमा आइपुगेको अबस्थामा हाम्रा नेताहरु राजा आउनबाट रोक्नका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गुहार्दै छन्। भारत आफै समस्याग्रस्त अबस्थामा देखिन्छ। भारतका ५ वटा स्टेटहरु कुनै पनि बेला अलग हुन सक्ने अबस्थामा पुगेको र यिनिहरुलाई पश्चिममाहरुको सहयोग रहने कुरासंग भारत अनभिज्ञ छैन। आफ्नो बचाबको लागि पनि नेपालमा शनातन हिन्दू राष्ट्र सहितको राजसंस्थाको आबस्यक्ता भारतले गहिरोसंग महसूस गरेको पाइन्छ। त्यसैको अन्तिम तयारीमा लागेको भारतले भूटानका राजा मार्फत नेपालका राजा ज्ञानेन्द्र शाहको भब्य स्वागतका साथ भूटान भ्रमण गराएको हो भन्ने कुरा आइरहेको छ। राजा ज्ञानेन्द्र शाहको भूटान भ्रमण अर्थपूर्ण रहेको पाइन्छ। यो शुभ संकेत हो।
आजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्षमा जनतालाई दिनुभएको शुभकामनाको सानो झलक यहाँ प्रस्तुत गर्न चाहें “जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्नपनि तत्पर रहने शाह वंशीय परम्पराको यथोचित पालना गर्दै हामिले नारायणहिटी दरबार छोडेका थियौ ” तर आज …………!
राजा ज्ञानेन्द्र शाह संकट मोचन राजा हुन्। जबजब देशमा संकट आउछ। त्यतिबेला ज्ञानेन्द्र शाह राजा भएको पाइन्छ। चाहे २००६ सालमा राजा त्रिभुवन शाह राणाहरुको षडयन्त्रका कारण भारत प्रबासमा गएको अबस्थामा होस्। त्यतिबेला राणाहरुले चाहेको भए आफै श्री ५ घोषणा गर्न सक्थे। तर उनिहरुले देश बुझेका थिए। यदि राजा भएनन् भने देश ठूलो असुरक्षमा पर्छ। यो देश उनिहरुको पुर्खा पृथ्वीनारायण शाहले आर्जेको मूलुक हो। राजा बिना देश, जनता, हामी कोहि पनि सुरक्षित रहनौं भनेर ४ बर्षका बालक ज्ञानेन्द्र शाहलाई राजा घोषणा गरेर राजा त्रिभुवनलाई आफ्नो सिंहासनमा फर्काउन सफल भएका थिए। अन्यथा भारतको बक्र दृष्टि त्यतिबेला पनि नपरेको होईन। त्यसैले पनि प्रष्ट हुन्छ की राणाहरु शनातनी र धर्मदेखी डराउँथे भन्ने कुरा। यहि कुरा आजका शामन्ति नेताहरुको ध्यानमा रहोस्। अहिले पनि देश असुरक्षित अबस्थातिर धकेलिँदै छ। यो देशको रक्षाका लागि राजा ज्ञानेन्द्र शाह हाम्रो माझमा छन्। त्यसैले हामी सुरक्षित छौ, भन्ने जनताले महसुस गरेका छन्। जनताको माग छिट्टै पुरा हुने अबस्था देखिन्छ। पशुपतिनाथले सबैको रक्षा गरुन। जय नेपाल।