News Portal

हवल्दार जोशीको मोबाइलमा किशोरीसँगको फोटो भेटियो

हिमालीसंचार संवाददाता
३०९ पटक

काठमाडौं। बैतडीको पञ्चेश्वर गाउँपालिका-२ डिम्बरकी साढे १७ वर्षीया किशोरी बेपत्ता प्रकरणमा पक्राउ परेका प्रहरी हवल्दार कृष्णराज जोशीमाथि दोस्रो पटक म्याद थपेर अनुसन्धान भइरहेको छ।

गएको असोज २५ गते बिहानबाट बेपत्ता भएकी किशोरीको अवस्था अझै अज्ञात रहेको छ।

किशोरी बेपत्ता गर्ने कार्यमा महाकाली प्रहरी चौकीका तत्कालीन इञ्चार्ज समेत रहेका प्रहरी हवल्दार जोशीको हात रहेको भन्दै उनीमाथि उजुरी परेको छ।

हवलदार जोशीको मोबाइल फोनमा किशोरीसँग अँगालो हालेका तस्बिरसमेत भेटिएका छन्।

बेपत्ता किशोरीका आफन्तले उजुरी दिएपछि उनीमाथि मानिस बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।

असोज २५ गतेदेखि नै प्रहरीको नियन्त्रणमा रहेका हवल्दार जोशीमाथि जिल्ला अदालतबाट दोस्रो पटक ७ दिनका लागि म्याद थपेर अनुसन्धान जारी राखिएको हो।

बेपत्ता किशोरीसँग निलम्बित प्रहरी हवल्दार जोशीको निकटको सम्बन्ध रहेको र उनले नै बेपत्ता पारेको किशोरीका आफन्तले आरोप लगाएका छन्।

किशोरी बेपत्ता भएकै दिन स्थानीयहरूले जोशीलाई दाम्लोले बाँधेर कुटपिट समेत गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...