News Portal

कास्की जिल्ला अदालतका ६ न्यायाधीशमाथि छानबिन हुँदै

हिमालीसंचार संवाददाता
४२७ पटक

काठमाडौं। दशैंको बिदा सकिँदासम्म घर बिदा लेखेर कास्की जिल्ला अदालतमा एकैपटक ६ जना न्यायाधीश गयल भएको घटनामा न्याय परिषद्ले छानबिन गर्ने भएको छ।

शुक्रबार कास्की जिल्ला अदालतमा रहेका ७ मध्ये ६ जना न्यायाधीश बिदामा बसेका थिए। बुधबारबाटै देशभरका अदालत खुलेपनि गण्डकी प्रदेशले बिहीबार थप एक दिन बिदा दिएको थियो।

बिहीबार दिइएको बिदाले समेत नपुगेर ६ जना न्यायाधीशले शुक्रबार एकैपटक बिदा लिएका थिए। सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपाका सभापति रवि लामिछाने विरुद्ध शुक्रबार प्रहरीले पक्राउ पूर्जी जारी गर्ने तयारी गरेको सुईको पाएपछि विवादमा तानिने डरले उनीहरुले एकैपटक बिदा लिएको चर्चा चलेको छ।

६ जना न्यायाधीश बिदामा बसेपछि नेपालगञ्ज रहेका अर्का न्यायाधीश कृष्णजग शाहलाई तुरुन्तै कास्की बोलाएर रविविरुद्ध पक्राउ पूर्जी जारी गराईएको थियो।

शाह दिउँसो २ बजे अदालतमा आएर रविसहित सो प्रकरणमा तानिएका १४ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिदिएका थिए। रवि शुक्रबार साँझ नै काठमाडौंबाट पक्राउ परिसकेका छन्।

उनलाई आज जिल्ला अदालतमा उपस्थित गराईंँदैछ। कास्की जिल्ला अदालतमा हाल ७ जना न्यायाधीशको दरबन्दी रहेको छ।

एक नम्बर न्यायाधीश नवराज दाहालका अलावा न्यायाधीशहरू हिमलाल बेल्बासे, भोलानाथ ढकाल, हरिप्रसाद कोइराला, कृष्णजंग शाह, चन्द्रकान्त पौडेल र नीतिज राई कास्कीमा कार्यरत छन्। तर, शाहबाहेक सबै ६ जना शुक्रबार गयल भएका थिए।

न्यायालयप्रति नै प्रश्न उठ्नेगरी न्यायाधीश गयल भएपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले समेत गम्भीर चासो व्यक्त गरेको स्रोतको दाबी छ। राउतले न्याय परिषद्का सचिव यमबहादुर बुढालाई यसबारे बुझेर प्रतिवेदन दिन भनेका छन्। प्रधानन्यायाधीश न्याय परिषद्को अध्यक्ष पनि हुन्।

प्रधानन्यायाधीश राउतको निर्देशनपछि सचिव बुढाले शनिबार नै उच्च अदालत पोखराका मूख्य न्यायाधीश रत्नबहादुर बागचन्दलाई टेलिफोन गरेर यसबारेमा बुझेको न्याय परिषद् स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...