News Portal

शक्तिवान् संस्थालाई राजनीतिक रंग दिएर एकअर्कालाई लडाइयो

हिमालीसंचार संवाददाता
३०७ पटक

(इन्द्र बन, नेपाली मूलकी अस्ट्रेलियन नागरिक।)

काठमाण्डौं। एनआरएनए पृथक डायस्पोरिक संस्था हो। यसको पृथक् सम्पर्क छ। ८७ देशमा एनआरएन संगठित छन्। यो नेटवर्कबारे सोचौं।

यो सञ्जालको सीप, स्रोत हेरौं। अर्बौंको स्रोत छ। शुरूआतका दिनमा एनआरएन राम्रो भयो, तर राजनीतिक दलहरूको प्रभाव पर्न थालेपछि बिग्रियो।

जहाँ बसे पनि देशको माया हामीलाई हुन्छ। नेपालमा केही भए हाम्रो मुटु रुन्छ। भुइँचालो गयो, हाम्रो मुटु रोयो। बाढी गयो, हाम्रो मुटु रोयो। हामीले एनआरएनका तर्फबाट ३७ करोड रुपैयाँ भुइँचालोको वेला उठाएर पठायौं। त्यो त एउटा शुरूआत मात्रै हो।

नेपालका लागि भनेपछि जो जति वेला पनि सहयोग गर्न तयार हुन्छन्। तर यति शक्तिवान् संस्थालाई राजनीतिक रंग दिएर एकअर्कालाई लडाइयो।

एनआरएन नागरिकताबाट म खास फाइदा देख्दिनँ, खुलेर भन्नुपर्दा। बाहिर बस्ने नागरिकलाई दोहोरो नागरिकताको मतलब पनि छैन। हामीलाई केही गर्नुपर्छ भन्ने बाध्यता पनि छैन। हामी बाँचेका छौं। आफ्नो देशको माया लागेर लौ न केही गरौं भन्ने स्वतस्फूर्त भाव मात्र हो।

नेपालमा पर्यटनको सम्भावना छ भनिन्छ। तर एनआरएनको कार्ड देखाउँदा किन लेमिनेट गरेको भनेर हैरानी दिइन्छ। कार्ड त परराष्ट्र मन्त्रालयले लेमिनेशन गरेर दिएको हो। नेपाल आउँदा त ‘हामी को हो, को हो’ जस्तो अनुभुति हुन्छ, राज्यको व्यवहारले। अनि नागरिकता लिएर के गर्ने ? (हिमालखबरबाट।)

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...