News Portal

लेबनानमा नेपाली सुरक्षित, तर त्रासमा

हिमालीसंचार संवाददाता
२५५ पटक

बेरुत। लेबनानसँगको कूटनीतिक मामिला हेर्ने इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले लेबनानमा रहेका नेपालीसँग आफूहरू सम्पर्कमा रहेको बताए।

‘लेबनानमा रहेका नेपालीहरूसँग सम्पर्कमा छौँ। अधिकांश महिला हुनुहुन्छ र घरेलु कामदारका रूपमा विभिन्न ठाउँमा छरिएर बस्नुभएको छ। अहिलेसम्म सुरक्षित छौँ भन्नुभएको छ,’ राजदूत लम्सालले टेलिफोनमा भने।

बेरुतको सुन्नी मुस्लिम बहुल क्षेत्र र इसाई बहुल क्षेत्रमा अधिकांश नेपाली घरेलु कामदारका रूपमा कार्यरत छन् भने सानो संख्याका नेपाली होटेल र कम्पनीमा कार्यरत छन्।

‘हामीलाई उद्धार गर्नुपर्‍यो भनेर कसैले पनि भन्नुभएको छैन। लेबनानमा कम्पनीमा कार्यरत नेपालीमध्ये कतिपय टिकट काटेर स्वदेश फर्किनुभएको सुनेका छौँ,’ लम्सालले भने, ‘हामीले सकभर स्वदेश फर्किनुस् भन्ने सन्देश दिएका छौँ।’

उत्तर–पूर्वी बेरुतमा रहेका नेपाली कामदारलाई उनीहरूका मालिक स्वयंले नै उद्धार गरिदिने आश्वासन दिएको जानकारी नेपाली दूतावासलाई पुगेको छ। संकट गहिरिँदै गएमा उत्तरी लेबनानबाट साइप्रस जान सकिने विकल्प रहेको भन्दै घरमालिकले नेपालीलाई अहिले नै छाडेर नजान सल्लाह दिएका छन्।

परराष्ट्र मन्त्रालयले इजरायल र लेबनानमा रहेका नेपालीसँग सम्पर्कमा रहन, परिस्थितिलाई नजिकबाट नियाल्न तथा नेपालीले चाहेमा उद्धारका लागि सहजीकरण गरिदिन इजरायल र इजिप्टस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको छ।

राजदूत लम्सालका अनुसार बेरुतस्थित विमानस्थल सुचारु छ, यद्यपि उडानको संख्या कम छ। बेरुतबाट सिरिया र जोर्डन भएर विदेशी नागरिक बाहिरिएका छन्। इजरायली फौजले दक्षिण लेबनानबाट उत्तरी लेबनानतिर लक्षित आक्रमण गरेका छिटपुट घटनाका कारण नेपालीले असुरक्षित महसुस गरेका छन्।

यद्यपि, घरेलु कामदारका रूपमा कार्यरत नेपाली स्वदेश फर्किने मुडमा नभएको रिपोर्ट परराष्ट्र मन्त्रालयले प्राप्त गरेका एक उच्च अधिकारीले बताए।

‘लेबनानमा अवैध रूपमा नेपाली घरेलु कामदारका रूपमा गएका छन्। मासिक कम्तीमा ६-७ सय अमेरिकी डलर कमाइ हुने ठाउँबाट बाहिर जाँदा फेरि फर्केर आउन पाइएला कि नपाइएला भन्ने पनि नेपालीलाई रहेछ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘सुन्नी मुस्लिम र इसाई धर्मावलम्बीहरू इजरायलको लक्षित आक्रमणको निसानामा नपरेको हुनाले नेपालीहरू फर्किने नै मुडमा पुगेका रहेनछन्।’

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...