News Portal

लेबनानमा नेपाली सुरक्षित, तर त्रासमा

हिमालीसंचार संवाददाता
२७० पटक

बेरुत। लेबनानसँगको कूटनीतिक मामिला हेर्ने इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले लेबनानमा रहेका नेपालीसँग आफूहरू सम्पर्कमा रहेको बताए।

‘लेबनानमा रहेका नेपालीहरूसँग सम्पर्कमा छौँ। अधिकांश महिला हुनुहुन्छ र घरेलु कामदारका रूपमा विभिन्न ठाउँमा छरिएर बस्नुभएको छ। अहिलेसम्म सुरक्षित छौँ भन्नुभएको छ,’ राजदूत लम्सालले टेलिफोनमा भने।

बेरुतको सुन्नी मुस्लिम बहुल क्षेत्र र इसाई बहुल क्षेत्रमा अधिकांश नेपाली घरेलु कामदारका रूपमा कार्यरत छन् भने सानो संख्याका नेपाली होटेल र कम्पनीमा कार्यरत छन्।

‘हामीलाई उद्धार गर्नुपर्‍यो भनेर कसैले पनि भन्नुभएको छैन। लेबनानमा कम्पनीमा कार्यरत नेपालीमध्ये कतिपय टिकट काटेर स्वदेश फर्किनुभएको सुनेका छौँ,’ लम्सालले भने, ‘हामीले सकभर स्वदेश फर्किनुस् भन्ने सन्देश दिएका छौँ।’

उत्तर–पूर्वी बेरुतमा रहेका नेपाली कामदारलाई उनीहरूका मालिक स्वयंले नै उद्धार गरिदिने आश्वासन दिएको जानकारी नेपाली दूतावासलाई पुगेको छ। संकट गहिरिँदै गएमा उत्तरी लेबनानबाट साइप्रस जान सकिने विकल्प रहेको भन्दै घरमालिकले नेपालीलाई अहिले नै छाडेर नजान सल्लाह दिएका छन्।

परराष्ट्र मन्त्रालयले इजरायल र लेबनानमा रहेका नेपालीसँग सम्पर्कमा रहन, परिस्थितिलाई नजिकबाट नियाल्न तथा नेपालीले चाहेमा उद्धारका लागि सहजीकरण गरिदिन इजरायल र इजिप्टस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको छ।

राजदूत लम्सालका अनुसार बेरुतस्थित विमानस्थल सुचारु छ, यद्यपि उडानको संख्या कम छ। बेरुतबाट सिरिया र जोर्डन भएर विदेशी नागरिक बाहिरिएका छन्। इजरायली फौजले दक्षिण लेबनानबाट उत्तरी लेबनानतिर लक्षित आक्रमण गरेका छिटपुट घटनाका कारण नेपालीले असुरक्षित महसुस गरेका छन्।

यद्यपि, घरेलु कामदारका रूपमा कार्यरत नेपाली स्वदेश फर्किने मुडमा नभएको रिपोर्ट परराष्ट्र मन्त्रालयले प्राप्त गरेका एक उच्च अधिकारीले बताए।

‘लेबनानमा अवैध रूपमा नेपाली घरेलु कामदारका रूपमा गएका छन्। मासिक कम्तीमा ६-७ सय अमेरिकी डलर कमाइ हुने ठाउँबाट बाहिर जाँदा फेरि फर्केर आउन पाइएला कि नपाइएला भन्ने पनि नेपालीलाई रहेछ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘सुन्नी मुस्लिम र इसाई धर्मावलम्बीहरू इजरायलको लक्षित आक्रमणको निसानामा नपरेको हुनाले नेपालीहरू फर्किने नै मुडमा पुगेका रहेनछन्।’

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...