News Portal

  • जनताको गाँस बासमा लात मार्दै छ सरकार

    कमला थापा
    ४११ पटक

    देशमा सरकार भएको आभाष जनतालाई छैन। सरकार जनताको पेटमा लात मार्दै छ। यहि असोज ११ र १२ गते आएको बाढि, पहिरोका कारण जनता गाँस, बासबिहिन भएको अबस्थामा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलि भने आफ्नो पार्टिको भवन निर्माणमा जुटेका छन्। भवन पनि साधारण नभै ८.९ रेक्टर स्केलको भुकम्प आउदा पनि केही नहुने, अत्याधुनिक सुविधा सम्पन भवन निर्माण गर्न सिलान्यास समेत गरिसकेका छन्।

    जनता भोकभोकै मरिरहेकाबेला देशको प्रधानमन्त्री जस्तो व्यक्तिको यो हर्कत कति सुहाउँदो हो ? जनताले भोली अबस्य मुल्यांकन गर्लान। दशैमा दाताहरुले दिएको राहतमा नुन र भात आँसुसंग खाए। पकाउने ठाँउसम्म नपाएका जनता खुला आकाशमुनि कुनै छेउछाउमा त्रासै, त्रासमा बसेर सास धान्न बाध्य भए। ति जनताप्रति सरकार पार्टिहरु कोसैको संवेदना रहेन। केही जिल्लाका नेताहरुले हेलिकोप्टरबाट राहत बांडेको देखियो।

    “यदि उनी सांच्चै मनकारी दाता भएका भए त्यती जग्गा र पैसाले गाँस वासबिहिन सयौं जनतालाई सानासाना एक/एक ओटा घर बनाइ दिनसक्थे। त्यसैले उनी दाता नभै केपी ओलीका बिजनेस पाटनर हुन सक्छन्। एक करोड बुझाउने ब्यक्तिलाई सांसद बनाउथे, भने एक अर्बको जग्गा र ५ अर्बको भवन‌ बनाईदिनेलाई ओलीले भोली एमाले पार्टि नै जिम्मा लगाउने हुन की ? त्यसैले कालो धनलाई सेतो बनाउन रचिएको नाटकमा एमाले नसक्कियोस ! “

    त्यो केवल भोलिका दिनमा आफ्नो भोटको सुरक्षा गरेको बाहेक त्यहाँ गहिरो मानवियता भने थिएन भन्दा फरक पर्दैन। गृहमन्त्रीको सवारिमा देखिएको लावालस्कर गाडी र सुरक्षाकर्मिहरुको उपस्थिले नै प्रष्ट बनाउछ।

    यस घटनाबाट प्रष्ट हुन्छ। प्रधानमन्त्री केपि शर्मा ओलिलाई जनताको गाँस, बास र कपासको चिन्ता छैन। तर आफ्नो स्वार्थ सिद्ध हुने कुरामा उनी सदैव अग्रस्थानमा रहन्छन्। त्यसैको लागि उनी सत्ता बाहिर रहन सक्दैनन्। यो देख्दा लाग्छ “मलाम जांदा हास्ने र जन्त जादां रुने” भनेको ओली जस्ता नै हुन्। अमेरिकाबाट फर्कदै गर्दै उनले जनतालाई दिएको जवाफ र अहिलेको पार्टि निर्माणमा जुटेको अबस्थाले नै प्रष्ट बनाउछ। जनता गाँस, वासको खोजिमा छन्। केपी ओलीलाई भने पार्टिको भवन‌ निर्माणको चटारो छ। यसैबाट थाहा हुन्छ। केपी ओली कस्तो चरित्रका ब्यक्ति हुन भन्ने कुरा।

    “नेपाली कांग्रेसको एक महामन्त्रीले झिनो आवाजमा यस्तो कार्य गलत हो भनेको सुनियो। तर सायद त्यतिले पुग्दैन होला। ख्याल रहोस यो सरकारको बलियो सहपाठी नेपाली कांग्रेस हो। यस्तो गलतलाई साथ दिएर नेपाली कांग्रेस सरकारमा बसिरहन्छ की ? गलतलाई गलत भनेर फिर्ता गर्न लगाउछ यो हेर्न बांकी छ।”

    त्यस्तो अत्यन्तै मजबुत र अत्याधुनिक दरवार निर्माणको लागि कृर्तिपूरमा १० रोपनी १४ आना जग्गा उपलब्ध गराउने सुप्रसिद्ध ब्यापारी भाटभटेनिका मालिक मिन बहादुर गुरुङ्ग भएका छन्। काठमाण्डौंमा आनाको मामुली ५० औं लाख रुपैया पर्ने जग्गा एउटा कम्निस्ट पार्टिलाई दान दिन सक्ने दाता अबस्य साधारण छैनन्। साधारण जनतासंग प्रधानमन्त्री ओलीको मित्रता पनि हुन सक्दैन। उनी त्यहि गुरुङ हुन। जस्ले ललिता निवासको जग्गा खरिद गरेबापत पक्राउ खाएर दुई/तिन महिना थुनामा पनि बसेका थिए। अहिले अदालतमा मुद्दा खेपिरहेका छन्। भ्रष्टाचारमा चुर्लुम्म डुबेका पार्टिलाई एक अर्ब पर्ने जग्गा र भवन‌ निर्माण समेत आफैले गरिदिने जिम्मेवारी लिने ब्यापारले एमालेबाट कति फाइदा लिएको होला अनुमान गर्न गयो नपर्ला। यदि उनी सांच्चै मनकारी दाता भएका भए त्यती जग्गा र पैसाले गाँस वासबिहिन सयौं जनतालाई सानासाना एक/एक ओटा घर बनाइ दिनसक्थे। त्यसैले उनी दाता नभै केपी ओलीका बिजनेस पाटनर हुन सक्छन्। एक करोड बुझाउने ब्यक्तिलाई सांसद बनाउथे, भने एक अर्बको जग्गा र ५ अर्बको भवन‌ बनाईदिनेलाई ओलीले भोली एमाले पार्टि नै जिम्मा लगाउने हुन की ? त्यसैले कालो धनलाई सेतो बनाउन रचिएको नाटकमा एमाले नसक्कियोस !

    हाम्रा राजनैतिक दलहरुलाई जग्गा,जमिन खोलानाला, खानी, सहकारी देख्नै नहुने रहेछ। गिरिबन्धु टी स्टेट्को हजारौं बिघा जमिन पचाउन सक्ने, धोबीखोलाको जग्गा, गोकर्ण रिसोर्टको जग्गा, यतिलाई भाडामा दियको नाउंमा अर्बौंको कमिसन खानेहरुको लागि यो १० रोपनी केही नहुन सक्छ। यसैमा जनताले बुझन जरुरी छ। यस्ता पार्टिहरुलाई भोटदिएर हाम्रो नेता भन्नु को के अर्थ छ ? कार्यकर्ताहरुको ताली बढि भयो ! नेता गल्ति माथि गल्ति गर्दै जाने, कार्यकर्ताहरु नेतालाई सुधार्ने भन्दा तालिले स्वागत गरिरहने हो भने एकदिन यो देश बेचिएको निर्णय सुनाउन बेर छैन । मिन बहादुर गुरुङ् प्रचण्डको पाटनर हुन्। भाटभटेनी सुपरमार्केट सबै प्रचण्ड कै हो भन्ने हल्ला जताततै थियो। तर त्यो नभै छद्मभेषी केपी ओली पो रहेछन्। केही कार्यकर्ताको झिनो मतभेद रहेको पाइन्छ। तर ओलीका अत्यन्त निकट रहेकाको जवाफ बिरोध गर्नेले गर्दै गर्छन् हाम्रो काम हुदै जान्छ, भनेको जवाफ पनि सुनियो।

    “आफ्नै कार्यकर्तासंग निर्वाचनमा लिएको ऋण आज १० बर्ष सम्म फिर्ता नगर्ने, अहिलेको नेतृत्वलाई सरम लागेको छैन। त्यस्तै गलत गरिरहेको नेत्वलाई केही बोल्न नसक्ने, शेरबहादुर दाईको सहयोग नपाउंलाकी भनेर डराउने, इतर पक्षका कारण पनि नेतृत्वले गल्तिमाथि गल्ति गर्ने हिम्मत गरेको हो। म यहि सानो लेखबाट पनि भन्न चाहन्छु। नेपाली कांग्रेसको नेतृत्व र इतर पक्ष, यूवा महामन्त्री द्वय, मौन धारण गरेर नबस्नुहोस्। यसले तपाईहरूलाई अबस्य राम्रो गर्ने छैन।”

    नेपाली कांग्रेसको एक महामन्त्रीले झिनो आवाजमा यस्तो कार्य गलत हो भनेको सुनियो। तर सायद त्यतिले पुग्दैन होला। ख्याल रहोस यो सरकारको बलियो सहपाठी नेपाली कांग्रेस हो। यस्तो गलतलाई साथ दिएर नेपाली कांग्रेस सरकारमा बसिरहन्छ की ? गलतलाई गलत भनेर फिर्ता गर्न लगाउछ यो हेर्न बांकी छ। हैन भने कांग्रेसको पनि मिलेमतो छैन भन्न सकिन्न। आफु पनि त्यस्तै बलियो ब्यापारीको खोजिमा होला। नेपाली कांग्रेसको पार्टि कार्यालय बनाउदा अहिलेको नेतृत्व पार्टि फोरेर गएको थियो। ५ लाख कार्यकर्ता र त्यसका महाधिवेशन, महासमिति सदस्यहरुबाट डवल टि्पल शुल्क उठाएर र केही पार्टि भित्रका सक्षम साथिहरु र सांसद, मन्त्रीहरुको लेवीबाट तत्कालीन पार्टिका सह- महामन्त्री गोविन्द राज जोशीको सकृयतामा बनाएको हो। आज उनैलाई हालको कांग्रेस र बर्तमान राष्ट्रपतिले सिध्याउन लागेका हुन।

    आजको नेपाली कांग्रेस कुनै पनि अनैतिक कार्यबाट चोखो छ भन्ने होइन। भ्रष्टाचारको अर्को पर्यायवाची नम हो। आफ्नै नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर बेच्न सक्ने। आफ्नै कार्यकर्तासंग निर्वाचनमा लिएको ऋण आज १० बर्ष सम्म फिर्ता नगर्ने, अहिलेको नेतृत्वलाई सरम लागेको छैन। त्यस्तै गलत गरिरहेको नेत्वलाई केही बोल्न नसक्ने, शेरबहादुर दाईको सहयोग नपाउंलाकी भनेर डराउने, इतर पक्षका कारण पनि नेतृत्वले गल्तिमाथि गल्ति गर्ने हिम्मत गरेको हो। म यहि सानो लेखबाट पनि भन्न चाहन्छु। नेपाली कांग्रेसको नेतृत्व र इतर पक्ष, यूवा महामन्त्री द्वय, मौन धारण गरेर नबस्नुहोस्। यसले तपाईहरूलाई अबस्य राम्रो गर्ने छैन। यो १० बर्षको ब्याजसहित उक्त रकम छिटो फिर्ता गरेर स‌च्चियोस। साथै राष्ट्रपति रामचन्द्र पौडेलज्यूले पनि सरम गर्नुहोस् भन्न चाहन्छु। कारण पार्टी कार्यालयमा दर्ता भएको पत्रमा उहाँहरु सबैको सहमति रहेको छ। कानमा ठेडी घुसारेर , आंखामा भोगटेको चस्मा लाएर नबस्नुहोस। तपाईहरु आफुलाई पर्दा पार्टिबाट धेरै लिनु भएको छ। यो हामी जस्ता कार्यकर्ताबाट छुपेको छैन। यो नासवान सरिर हो। एकदिन सबैले जानु नै पर्छ। भ्रष्टाचार गरेर कमाएको अकुत सम्पत्ती पनि त्यो दिन काम आउने छैन। जुनदिन यमराजको पत्र लिएर चित्रगुप्त आउछन्। त्यसैले नेपाली कांग्रेस एमालेको पंक्तिमा उभिएर होईन विर विपीको सिद्धान्तमा उभिएर निर्णय लिने क्षमता राखोस। पशुपतिनाथले सबैको रक्षा गरुन। जय नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...