News Portal

लागू भएन अभिमुखीकरण तालिमका लागि आईरिस सिस्टम

हिमालीसंचार संवाददाता
२९५ पटक

काठमाडौँ। वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम लागू हुन सकेको छैन। असोज २९ गतेदेखि अनिवार्य रूपमा लागू गर्ने भनिएको आईरिस प्रणाली अझै लागू हुन नसकेको हो।

वैदेशिक रोजगार विभागले प्राविधिक कारणले लागू गर्न नसकेको जनाएको छ। यसअघि असोज १५ गतेदेखि लागू गर्ने घोषणा गरेर अन्तिम समयमा आएर स्थगित गरिएको थियो। त्यसपछि असोज २९ गतेदेखि लागू गर्ने भनेर सूचना जारी गरेको थियो।

विभागले सूचना जारी गर्दै अनिवार्य रूपमा फेसटाइम एटेन्डेन्स र आईरिस रिक्ग्नाइजेशन सिस्टम लागू गर्ने जनाएको थियो। तर, प्राविधिक कारणले अनिवार्य रूपमा लागू गर्न नसकिएको जनाएको हो।

विभागका महानिर्देशक सूर्य बहादुर खत्रीले अन्य केही कारण नभएर प्राविधिक कारणले मात्रै हिजोदेखि लागू गर्न नसकिएको बताए।

‘अहिले प्राविधिक टिमले काम गरिरहेको छ। मैले बारम्बार ताकेता गरिरहेको छु। प्राविधिक टिम लागिरहेको छ। चाडै नै लागू हुन्छ। अन्य केही कारण नभई प्राविधिक कारण मात्रै हो,’ उनले भने।

अहिले बायोमेट्रिक र आईरिस दुवै प्रणालीबाट काम भइरहेको उनको भनाइ छ। बायोमेट्रिकलाई विस्थापित गर्दै पूर्ण रूपमा आईरिस सिस्टम लागू गर्ने तयारी गरेको हो।

तर, पटक पटक विभिन्न कारण देखाउँदै सरकारले आईरिस सिस्टम लागू गर्न सकेको छैन। विभागले अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले तयारी नपुगेको भन्दै थप समय माग गरेकाले समय थप गरिएको जनाएको थियो।

व्यवसायीहरूले भने आफ्नो तयारी पुरा भएको तर, विभागको उक्त सिस्टम लगाउन नचाहने मनसायले अनेक बहाना गर्दै आएको आरोप लगाउँदै आएका छन्। यसअघि गत वर्ष नै उक्त सिस्टम लागू गर्नका लागि आवश्यक पूर्वाधार तयार गर्न भनेको थियो। तर, हालसम्म लागू हुन सकेको थिएन।

विभागले श्रमिकहरूलाई तालिमका लागि कक्षा कोठामा उपस्थित नै नभएका श्रमिकलाई तालिम दिएको प्रमाणपत्र दिएको पाएको थियो। त्यसपछि विभागले ४६ वटा संस्थालाई कारबाही गरेको थियो।

पढाउँदै नपढाई तालिम लिएको भन्दै प्रमाणपत्र दिन थालेपछि विभागले बायोमेट्रिक सिस्टमलाई हटाएर आईरिस सिस्टम लागू गर्न खोजेको हो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...