News Portal

लागू भएन अभिमुखीकरण तालिमका लागि आईरिस सिस्टम

हिमालीसंचार संवाददाता
२४५ पटक

काठमाडौँ। वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम लागू हुन सकेको छैन। असोज २९ गतेदेखि अनिवार्य रूपमा लागू गर्ने भनिएको आईरिस प्रणाली अझै लागू हुन नसकेको हो।

वैदेशिक रोजगार विभागले प्राविधिक कारणले लागू गर्न नसकेको जनाएको छ। यसअघि असोज १५ गतेदेखि लागू गर्ने घोषणा गरेर अन्तिम समयमा आएर स्थगित गरिएको थियो। त्यसपछि असोज २९ गतेदेखि लागू गर्ने भनेर सूचना जारी गरेको थियो।

विभागले सूचना जारी गर्दै अनिवार्य रूपमा फेसटाइम एटेन्डेन्स र आईरिस रिक्ग्नाइजेशन सिस्टम लागू गर्ने जनाएको थियो। तर, प्राविधिक कारणले अनिवार्य रूपमा लागू गर्न नसकिएको जनाएको हो।

विभागका महानिर्देशक सूर्य बहादुर खत्रीले अन्य केही कारण नभएर प्राविधिक कारणले मात्रै हिजोदेखि लागू गर्न नसकिएको बताए।

‘अहिले प्राविधिक टिमले काम गरिरहेको छ। मैले बारम्बार ताकेता गरिरहेको छु। प्राविधिक टिम लागिरहेको छ। चाडै नै लागू हुन्छ। अन्य केही कारण नभई प्राविधिक कारण मात्रै हो,’ उनले भने।

अहिले बायोमेट्रिक र आईरिस दुवै प्रणालीबाट काम भइरहेको उनको भनाइ छ। बायोमेट्रिकलाई विस्थापित गर्दै पूर्ण रूपमा आईरिस सिस्टम लागू गर्ने तयारी गरेको हो।

तर, पटक पटक विभिन्न कारण देखाउँदै सरकारले आईरिस सिस्टम लागू गर्न सकेको छैन। विभागले अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले तयारी नपुगेको भन्दै थप समय माग गरेकाले समय थप गरिएको जनाएको थियो।

व्यवसायीहरूले भने आफ्नो तयारी पुरा भएको तर, विभागको उक्त सिस्टम लगाउन नचाहने मनसायले अनेक बहाना गर्दै आएको आरोप लगाउँदै आएका छन्। यसअघि गत वर्ष नै उक्त सिस्टम लागू गर्नका लागि आवश्यक पूर्वाधार तयार गर्न भनेको थियो। तर, हालसम्म लागू हुन सकेको थिएन।

विभागले श्रमिकहरूलाई तालिमका लागि कक्षा कोठामा उपस्थित नै नभएका श्रमिकलाई तालिम दिएको प्रमाणपत्र दिएको पाएको थियो। त्यसपछि विभागले ४६ वटा संस्थालाई कारबाही गरेको थियो।

पढाउँदै नपढाई तालिम लिएको भन्दै प्रमाणपत्र दिन थालेपछि विभागले बायोमेट्रिक सिस्टमलाई हटाएर आईरिस सिस्टम लागू गर्न खोजेको हो।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...