News Portal

कुवेतको सुदुरपश्चिमेली नेपाली समाजले गर्यो सरिता जैशीका परिवारलाई आर्थिक सहयोग

हिक्मत कुमार शाही
६९४ पटक

कुवेत सिटी, कुवेत। सुदुरपश्चिमेली नेपाली समाज कुवेतले अछामकी सरिता जैशीका परिवारलाई आर्थिक सहयोग गरेको छ।

सरिताको केही दिन अगाडि अत्याधिक रक्तश्रावको कारणले मृत्यु भएको थियो भने सरिताका श्रीमान अपांग छन्। अछामको ढकारी गाउँपालिका- ८ मा रहेका उनका चार छोराछोरीको बिचल्ली हुने भएपछी सुदूरपश्चिम क्षेत्रका कुवेतमा रहेका सुदुरपश्चिमेली नेपाली समाजमा आवद्ध नेपालीहरुले आर्थिक सहयोग गरेका हुन।

सुदुरपश्चिमेली नेपाली समाज कुवेत यस्ता सामाजिक कार्यमा निकै सक्रिय रहेको छ। यस भन्दा अघि पनि उक्त समाजले यस क्षेत्रका बिभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ।

समाजसेवी अस्मिता कुवँरको नेतृत्वमा २२ हजार १ सय ४३ रुपैयाँ सहयोग गरिएको समाजले जानकारी दिएकाे छ। कुवँरले यस भन्दा अघि पनि मृतक जैशीका छोराछोरीको लागि भन्दै व्यक्तिगत रुपमा २ हजार ५ सय ५० रुपैयाँ सहयोग गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...