News Portal

उदयपुर मिलिजुली समाज कुवेतकाे बड़ा दशैं तथा बनभोज बिशेष कार्यक्रम सम्पन्न

कमल सिंह
६२९ पटक

कुवेत सिटी कुवेत। हरेक वर्ष झै यो वर्ष पनि उदयपुर मिलिजुली समाज कुवेतले प्रवासी मुलुक कुवेतको सार्वजनिक बिदाको अवसर पारेर बिहीबार र शुक्रबार हिन्दू नेपालीहरुको महान पर्व बड़ा दशैं तथा बनभोज बिशेष कार्यक्रमकाे आयोजना गरि मनाएको छ।

उक्त समाजका संरक्षक युवक राईको नेतृत्वमा कार्यक्रम आयोजना गरिएकोमा प्रमुख अतिथि गैरआवासिय नेपाली संघ ग्लोवल एनआरएनएका केन्द्रिय उपाध्यक्ष उमेश कुमार पुडासैनीको आतिथ्यतामा सम्पन्न भएको थियो।

उदयपुर मिलिजुली समाज कुवेतले विशुद्ध सामाजिक सदभाव कायम गर्दै देशका विभिन्न क्षेत्र र समुदायका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने ग्लोवल एनआरएनए कुवेतका महासचिब पुष्कर सिंह धमी, आइसिसी सदस्य सुशन गौतमसहित विभिन्न सामाजिक संस्था तथा राजनीतिक दलहरूका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमलाई समाजसेवी तथा ग्लोवल एनआरएनए कुवेतको उपाध्यक्ष तथा गायिका इन्दिरा राईलगायत पावल राईसहितले उपस्थित सबैलाई गीत गाएर मनोरञ्जन दिलाएका थिए।

त्यस्तै, उक्त संस्थाका संस्थापक संयोजक तथा सो कार्यक्रमकाे सह-संयोजक मोहन लुईटेलले उपस्थित सबैलाई व्यक्तिगत र संस्थाकाे तर्फबाट स्वागत तथा धन्यवाद व्यक्त गरेका थिए भने, उपस्थित सबैले आ-आफ्नो परिचयात्मक कार्यक्रम गरी बडा दसैंकाे शुभकामना आदानप्रदान गरिएको थियो।

अन्त्यमा प्रमुख अतिथि गैरआवासिय नेपाली संघ ग्लोवल एनआरएनएका उपाध्यक्ष उमेश कुमार पुडासैनीद्वारा टीका जमरा लगाई कार्यक्रम समापन गरिएको थियो।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...