News Portal

उदयपुर मिलिजुली समाज कुवेतकाे बड़ा दशैं तथा बनभोज बिशेष कार्यक्रम सम्पन्न

कमल सिंह
६९८ पटक

कुवेत सिटी कुवेत। हरेक वर्ष झै यो वर्ष पनि उदयपुर मिलिजुली समाज कुवेतले प्रवासी मुलुक कुवेतको सार्वजनिक बिदाको अवसर पारेर बिहीबार र शुक्रबार हिन्दू नेपालीहरुको महान पर्व बड़ा दशैं तथा बनभोज बिशेष कार्यक्रमकाे आयोजना गरि मनाएको छ।

उक्त समाजका संरक्षक युवक राईको नेतृत्वमा कार्यक्रम आयोजना गरिएकोमा प्रमुख अतिथि गैरआवासिय नेपाली संघ ग्लोवल एनआरएनएका केन्द्रिय उपाध्यक्ष उमेश कुमार पुडासैनीको आतिथ्यतामा सम्पन्न भएको थियो।

उदयपुर मिलिजुली समाज कुवेतले विशुद्ध सामाजिक सदभाव कायम गर्दै देशका विभिन्न क्षेत्र र समुदायका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने ग्लोवल एनआरएनए कुवेतका महासचिब पुष्कर सिंह धमी, आइसिसी सदस्य सुशन गौतमसहित विभिन्न सामाजिक संस्था तथा राजनीतिक दलहरूका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमलाई समाजसेवी तथा ग्लोवल एनआरएनए कुवेतको उपाध्यक्ष तथा गायिका इन्दिरा राईलगायत पावल राईसहितले उपस्थित सबैलाई गीत गाएर मनोरञ्जन दिलाएका थिए।

त्यस्तै, उक्त संस्थाका संस्थापक संयोजक तथा सो कार्यक्रमकाे सह-संयोजक मोहन लुईटेलले उपस्थित सबैलाई व्यक्तिगत र संस्थाकाे तर्फबाट स्वागत तथा धन्यवाद व्यक्त गरेका थिए भने, उपस्थित सबैले आ-आफ्नो परिचयात्मक कार्यक्रम गरी बडा दसैंकाे शुभकामना आदानप्रदान गरिएको थियो।

अन्त्यमा प्रमुख अतिथि गैरआवासिय नेपाली संघ ग्लोवल एनआरएनएका उपाध्यक्ष उमेश कुमार पुडासैनीद्वारा टीका जमरा लगाई कार्यक्रम समापन गरिएको थियो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...