News Portal

६ महिनादेखी बिना तलब पढाई रहेका सरकारी शिक्षकहरु..

हिमालीसंचार संवाददाता
१४९४ पटक

धादिङ। धादिङकाे गंगाजमुना गाउँपालिका वडा न. ७ स्थित श्री वद्री विशाल माध्यामिक विध्यालय विगत २०२९ साल देखी संचालनमा रहि आएको छ।

सुरुवाती समयमा छिमेकी जिल्ला गोरखाका विभिन्न स्थानदेखि धादिङका बसेरी मुलपानीका अधिकांश विध्यार्थीहरु अध्यान गर्न आउने गर्दथे। त्यस बेलादेखी हालसम्म निरन्तर चल्दै आएको उक्त विध्यालयमा अहिले २०८१ बैशाखदेखी उक्त विध्यालयमा अध्यापन गराउँदै आएका सम्पुर्ण शिक्षकहरुले तलब भत्ता प्राप्त नगरेको खुलेको छ।

तैपनि हालसम्म निरन्तर विध्यालमा उपस्थित भई आ-आफ्नो जिम्मेवारी पुरा गरिरहेका छन्। ति निहत्था शिक्षकहरुले तलब भत्ता नपाउनुको कारण के रहेछ भनि बुझ्दा सोहि माविका प्रधानाध्यापक र सहलेखपालको मिलेमतोमा आफुखुशी विध्यालयको खातामा रहेको रकम करिव ४५,००,००० (पैंतालिस लाख) बराबरको रकम हिनामिना गरेको पाईएको कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेकोले कानुनी रुपमा प्रधानाध्यापक स्वतः निलम्वित भएको कारण प्रधानाध्यापक र सहलेखापालको हस्ताक्षरबाट संचालन रहेको विध्यालयको बैंक खाता रोक्का भएको गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ।

स्मरण रहोस् शिक्षा नियमावलीमा मध्यामिक विध्यालयको प्रधानध्यापक हुनको लागी सोहि विध्यालयमा भएका स्थायी वरिष्ठ शिक्षक हुनुपर्नेमा हाल वर्तमान प्रधानाध्यापक +२ को अस्थायी अनुदान कोटाको शिक्षक भएको पाईएको छ। उक्त कुरा नितान्त गैरकानुनी भएको कुरा पनि प्रस्टै देखिन्छ।

एकातिर अस्थायी शिक्षक प्रधानाध्यापक भएको, र अर्को तर्फ विध्यालयको खातामा रहेको सम्पुर्ण रकम हिनामिना गरेको र विगत ६ महिनासम्म उक्त विध्यालयमा पढाउँदै आएका विचरा शिक्षकहरुले हालसम्म चार्डवार्डको मुखमा पनि तलब भत्ता पाएका छैनन्।

यस्तो अवस्थामा कुन मनोवलका आधारमा शिक्षकहरुले आफ्ना विध्यार्थीहरुलाई अध्यापन गराउन् र विध्यार्थीहरुको पठनपाठन राम्रो होस् ? यस्तो विषम् परिस्थितीमा पनि त्यहाँका अविभावक मुखदर्शक भएर बसेका छन् आखिर किन बोल्न सक्दैनन् अविभावकहरु ?

अनि सरोकारवालाहरु विधालय व्यवस्थापन समिति, वडा सरकार, पालिका सरकार किन मौन छन के हेरेर बसिरहेका छन् ? के विध्यालय विधिवत रुपमा संचालन गर्न गराउन यि सबै सरोकारवालाहरुको कुनै दायित्व नभएकै होत ? के तलब भत्ता खानका लागि मात्र सरकारमा बसेका हुन् त ? प्रश्न गम्भिर छ।

तसर्थ उक्त विध्यालयमा भएको आर्थिक अनियमितताको छानविन गरि यथाशिघ्र विध्यालयलाई विधिवत रुपमा संचालन गरि विध्यार्थीहरुको उज्जवल भविष्य निर्माणमा यि सरोकारवालाको ध्यान जान जरुरी देखिन्छ।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...