आज : २०२६-०६-२८, आइतबार

नेपाल बारको बिरोधबीच सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस

काठमाडौं। न्याय परिषद बैठकले सर्वोच्च अदालतका लागि दुई जना न्यायाधीश सिफारिस गरेको छ। उच्च अदालतका दुई जनालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएको हो।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुका मुख्य न्यायाधीश नित्यतानन्द पाण्डेलाई सर्वोच्च अदालतका लागि सिफारिस गरेको हो।

केही दिनमै प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अवकाश लिएपछि पाँच न्यायाधीश पद खाली हुन्छन्। तर परिषदले भने २ जनालाई मात्रै सिफारिस गरेको छ।

नेपाल बार एशोसिएशनले न्यायाधीश सिफारिस नगर्न चेतावनी दिँदै बिरोध जारी राखेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाश हुनेबेला न्यायाधीश सिफारिस भएको हो।

उनी असोज २० देखि सेवा निवृत्त हुँदैछन्। सर्वोच्च अदालतमा ६ जना न्यायाधीश खाली थिए।