News Portal

झण्डै २ घण्टा होल्ड भएको थाइ एयरवेजको विमान अन्ततः अवतरण गर्न सफल

हिमालीसंचार संवाददाता
४४६ पटक

काठमाडौँ। खराब मौसमका कारण झण्डै २ घण्टा आकाशमै ‘होल्ड’ गरेको थाइ एयरवेजको विमान अन्ततः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सफल भएको छ।

२ बजेर २० मिनेटमा उक्त विमान अवतरण गरेको हो। अवतरण अघि उक्त विमानले ललितपुर, मकवानपुर, बाराको आकाशमा लामो समय बिताएको थियो।

एक पटक अवतरणको प्रयास गरे पनि ‘मिस एप्रोच’ भएर पाइलटले विमानलाई ‘ओभरसुट’ गरेका थिए। त्यसपछि अनुकूल मौसमको पर्खाइमा उक्त विमानले निकै समय आकाशमा गुजार्नु परेको थियो।

यसैगरी दिल्लीबाट काठमाडौँ आउँदै गरेको इन्डिगो एयरलाइन्सको विमान पनि लामो समय ‘होल्ड’ भएर अवतरण गरेको छ। खराब मौसमका कारण विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।

कतिपय घरेलु उडान रद्द भएका छन् भने केहीमा विलम्ब भएको विमानस्थल कार्यालयले जनाएको छ। अन्तर्राष्ट्रिय उडान भने अधिकांश होल्ड भएका छन्।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...