आज : २०२६-०६-१३, शनिबार

विदेश भाग्ने तयारीमा थिए छविलाल जोशी

काठमाडाैं। ​​​गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी बन्जाडे विदेश भाग्ने तयारी गरिरहेकै बेला पक्राउ परेको पाइएको छ।

अमेरिकन पीआर होल्डर बन्जाडेलाई विदेश भाग्ने तरखरमा रहेका बेला काठमाडौंको जडिबुटीबाट नियन्त्रणमा लिएको एक उच्च प्रहरी अधिकृतले लोकान्तरलाई बताए।

बन्जाडेलाई जरुरी पक्राउ पुर्जी लिएर नियन्त्रणमा लिइएको हो। सहकारी ठगी छानबिन विशेष समितिले जोशीलाई कारबाहीको सिफारिस गरेको थियो।

गोरखा मिडियाका अध्यक्ष जीबी राई र रवि लामिछानेका पार्टनर बन्जाडेमाथि समितिले कारबाहीको सिफारिस गरेकै आधारमा पक्राउ गरिएको हो, ति प्रहरी अधिकृतले भने, अब बन्जाडेलाई अदालतमा म्याद थप गरेर अनुसन्धान शुरू हुन्छ।

ति अधिकृतका अनुसार समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयबाट प्रहरीलाई निर्देशन आएसँगै गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई समेत पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुलेको छ।