News Portal

विदेश भाग्ने तयारीमा थिए छविलाल जोशी

हिमालीसंचार संवाददाता
३४४ पटक

काठमाडाैं। ​​​गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी बन्जाडे विदेश भाग्ने तयारी गरिरहेकै बेला पक्राउ परेको पाइएको छ।

अमेरिकन पीआर होल्डर बन्जाडेलाई विदेश भाग्ने तरखरमा रहेका बेला काठमाडौंको जडिबुटीबाट नियन्त्रणमा लिएको एक उच्च प्रहरी अधिकृतले लोकान्तरलाई बताए।

बन्जाडेलाई जरुरी पक्राउ पुर्जी लिएर नियन्त्रणमा लिइएको हो। सहकारी ठगी छानबिन विशेष समितिले जोशीलाई कारबाहीको सिफारिस गरेको थियो।

गोरखा मिडियाका अध्यक्ष जीबी राई र रवि लामिछानेका पार्टनर बन्जाडेमाथि समितिले कारबाहीको सिफारिस गरेकै आधारमा पक्राउ गरिएको हो, ति प्रहरी अधिकृतले भने, अब बन्जाडेलाई अदालतमा म्याद थप गरेर अनुसन्धान शुरू हुन्छ।

ति अधिकृतका अनुसार समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयबाट प्रहरीलाई निर्देशन आएसँगै गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई समेत पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुलेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...