News Portal

संखुवासभामा सौतेनी आमाले खुकुरी प्रहार गरेर सिकिस्त बनाइन् १२ वर्षीयालाई

हिमालीसंचार संवाददाता
२१८ पटक

संखुवासभा। संखुवासभा खाँदबारी नगरपालिका–५ माल्टामा सौतेनी आमाले खुकुरी प्रहार गरी एकजना बालिकालाई सिकिस्त घाइते बनाएकी छन्।

आज (आइतवार) विहान सौतेनी आमाको खुकुरी प्रहारीबाट खाँदबारी–५ माल्टाकी १२ वर्षीया निशा राई सिकिस्त भएकी छन्।

सौतेनी आमाको खुकुरी प्रहारबाट निशा सिकिस्त घाइते भएको जिलला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।

खुकुरी प्रहारबाट १२ वर्षीया निशाको टाउको र देब्रे खुट्टामा चोट लागेको उनका बुवा जुद्ध राईले बताए।

प्रहरी निरीक्षक लामिछानेका अनुसार सिकिस्त निशाको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

उनको टाउकोमा गहिरो चोट लागेको छ भने देब्रे खुट्टामा ७ टाँचा लगाइएको छ। खुकुरी प्रहार गरेको आरोपमा ३५ वर्षीया सौतेनी आमा पकेटी राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...