News Portal

भारतको बेंग्लोरमा महिलाको बीभत्स हत्या

हिमालीसंचार संवाददाता
३९२ पटक

काठमाडौँ। भारतको बेंग्लोरमा एक २९ वर्षीया महिलाको बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

भारतीय प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार महालक्ष्मी नामकी ती महिलाको हत्या गरी फ्रिजमा शव टुक्रा–टुक्रा अवस्थामा राखिएको शव फेला परेको हो।

यसअघि सन् २०२२ मा पनि दिल्लीमा एक महिलाको बीभत्स हत्या भएको थियो। आउटलुक इन्डियाका अनुसार छिमेकीले गन्ध आएपछि खबर गरेका थिए।

द इन्डियन एक्सप्रेसका अनुसार उनी बस्ने अपार्टमेन्टका मालिक जयराम छिमेकीको सूचनापछि महालक्ष्मीको निवास पुगेपछि शव भेटिएको थियो।

त्यसपछि उनैले प्रहरीलाई खबर गरेका थिए। भारतीय प्रहरीले यससम्बन्धी आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

वेस्ट जोनका एसीपी एन साथीश कुमारले पीटीआईसँग भनेका छन्, एक महिलाको शव टुक्रा टुक्रा अवस्थामा फ्रिजमा राखिएको भेटिएको छ। उक्त घर व्यालिकावल प्रहरी स्टेसनको कार्यक्षेत्रभित्र पर्छ।

यो घटना ४–५ दिनअघि भएको हुनसक्छ। न्युजएक्सका अनुसार ती महिला विहारकी हुन्। उनी कर्णाटकमा बस्दै आएकी थिइन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...