News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • असोज ६ गते आईतबारको तपाईको दैनिक राशिफल

    हिमालीसंचार संवाददाता
    १३५४ पटक

    आज मिति वि.सं.२०८१ असोज ०६ गते आईतबार || ई.सं.२०२४ सेप्टेम्बर २२ || नेपाल सम्बत ११४४

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
    विभिन्न अवसर पाइने र कीर्तिमानी काम सम्पादन हुन सक्ने समय छ। तर, नयाँ कामको सुरुवात खासै राम्रो छैन। आवश्यकताभन्दा ज्यादा परिश्रम पर्न सक्छ। पारिवारिक भेटघाटको योग छ। दौडधुप रहला। जोखिमप्रति सचेत रहनु बेस रहला। आफन्तसुख प्राप्त हुनेछ। यात्रामा सफलता प्राप्त हुनेछ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
    सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्ला। पढाइलेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। दाम्पत्यसुख बढ्ला। मित्रजनको सहयोग प्राप्त हुनेछ। परिवारिक सुख बढ्नेछ।

    मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
    विशेष योजनाहरू बन्ने दिन छ। नयाँ ज्ञान मिल्ला। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। पढाइमा प्रगति हुनेछ भने आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षित होइएला। आरोग्यता वृद्धि हुनेछ, रसरागमा आकर्षण बढ्नेछ। मिठो भोजन प्राप्त हुनेछ। मान महत्व बढ्नेछ। सुख शान्ति प्राप्त हुनेछ। मनोकूलको काम बनेर मन प्रशन्न रहला।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
    समय केही चुनौतीयुक्त छ। नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला, तर गर्दैआएको कामलाई भने निरन्तरता दिन सकिनेछ। पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सवधान रहनुहोला। केही कामका अवसर फुत्कने सम्भावना रहेकोले सचेत रहनु हितकर होला। सन्तानसुख प्राप्त हुनेछ। प्रेमभाव बढ्नेछ। आरोग्यता बढ्नेछ। मिठो भोजन प्राप्त हुनेछ। रसरागमा आकर्षण रहला।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
    ब्यस्तता रहला। लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिएला। प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ। बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। विशेषतः सिर्जनशील काममा सफलता मिल्ला। आरोग्यता रहला, रसरागमा आकर्षण बढ्नेछ। सुख वृद्धि हुनेछ। विजयश्री प्राप्त हुने योग छ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
    मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ। भौतिक साधन जुट्नेछन् भने मातापिताको सहयोग प्राप्त होला। कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरणमा मन रमाउने छ। मिठो भोजन प्राप्त हुनेछ। हासविलास खेलकुद भ्रमणमा आकर्षण रहला। समस्यामा उच्चाधिकारीको साथ मिल्नेछ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
    पराक्रम वृद्धि हुनेछ। स्वास्थ्यले पनि साथ दिने समय छ। अरूलाई प्रभावित पारेर काम लिन सकिएला। मेहनतको राम्रै फल प्राप्त हुने योग छ। व्यवसायका लागि यात्राको सम्भावना छ। दाम्पत्यजीवन सुखद रहला। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ। अनुकूलता वृद्धि होला। विलासी कार्यमा सफलता प्राप्त हुनेछ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
    उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने समय छ। स्वास्थ्य भने त्यति अनुकुल नरहला। कसैले दिएको अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने सम्भावना छ। खर्च केही बढ्न सक्छ। तथापि, मिठो भोजन प्राप्त हुनेछ। रसरागमा रुचि बढ्नेछ। भाग्यबल वृद्धि होला।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
    उत्साहजनक समाचारले हर्ष बढाएपनि चिताएको काम पूरा नहुन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। लगानी बढ्नेछ। रसरागमा आकर्षण रहला। यात्रामा सफलता हात पर्नेछ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
    कर्मबल बढ्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुने दिन छ। आश मारेको काम बन्नाले उत्साह जाग्नेछ। आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ। नयाँ सवारी साधन खरिद गर्दै हुनुहुन्छ भने समय सही छ। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्नु उपयुक्त हुनेछ। वर्चस्व वृद्धि हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
    कर्मबल बढ्ने तथा अवसरले पछ्याउने समय छ, बोलीको प्रभाव पनि बढ्नेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। धनलाभ होला। मंगलमय काम सम्पादन हुन सक्छन्। व्यवसायमा लाभ होला। नवीन कार्य आरम्भ हुने सम्भावना छ। मिठो भोजन प्राप्त हुनेछ। सार्वजनिक कार्यक्रममा आकर्षण रहला। अनुकूलता बढ्नेछ। मित्रजनको साथ मिल्नेछ। सन्तानसुख बढ्नेछ।

    मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
    निश्चय भएको काम अचानक बिग्रन सक्छ। साथीभाइबाट धोका हुन सक्छ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन, सचेत रहनुहोला। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा केही खटपट पर्न सक्ने योग छ। शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ।

    राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

    प्रतिकृया दिनुहोस्

    अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

    काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य...

    कार्यालयमा बाढी पसेपछि एपीवन टेलिभिजनको प्रसारण बन्द

    काठमाडौं। कार्यालयमा बाढी पसेपछि एपीवन एचडी टेलिभिजनको प्रसारण रोकिएको छ। टेलिभिजनका प्रधान सम्पादक दीपेन्द्र बान्तावाले...

    हिजबुल्लाहको ‘हेटक्वाटर’मै इजरायली सेनाको हमला

    एजेन्सी। इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालय (हेटक्वाटर)मा आक्रमण गरेको दाबी गरेको छ।...

    असोज १२ गते शनिबारको तपाईको दैनिक राशिफल

    आज मिति वि.सं.२०८१ असोज १२ गते शनिबार || ई.सं.२०२४ सेप्टेम्बर २८ || नेपाल सम्बत ११४४...

    सरकारले लेबनानमा रहेका नेपालीलाई भन्यो- समस्या परेमा दूतावासमा सम्पर्क गर्नू

    काठमाडौँ। सरकारले लेबनानमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले सूचना...