News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • दुर्गा प्रसाईलाई पक्राउ पूर्जी किन ?

    कमला थापा
    १६० पटक

    काठमाडौं। आज संबिधान दिवस सरकारी पक्षबाट मनाईदै छ। शाहि सैनिक मन्चबाट महामहिम राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक अंगका प्रमुखहरू कुटनैतिक नियोगका पाहुनाहरुका बिच सरकारको तर्फबाट मनाईयो। प्रधानमन्त्री केपि ओलिको भनाईमा यो संविधानले सबै जनतालाई समान हक, अधिकार सुनिश्चित गरेको छ। के यो सांच्चै हो ? जनताले समान अधिकार प्राप्त गरेका छन् त ? यदि पाएको भए यो भेदभावपूर्ण ब्यबहार किन ?

    जनता डेढ बर्षदेखि सडकमा चिच्याई रहेछन्। देशमा माफियाहरुको अत्याचार बढ्यो जनताले काम गरिखान पाएनन। यूवाहरुको विदेश पलायनले देश रित्तियो। देश बृद्धाश्रम भैसक्यो। बिदेशी हस्तक्षेले देश कमजोर भयो। नेता सोचालित नभै परिचालित भएका कारण देशमा अनियन्त्रित भ्रष्टाचारले नेता, माफिया, बिचौलिया, तस्कर भू-माफिया, सून तस्करी, सरकारी जग्गा हिनामिना, नेपाल ट्रष्टको नाममा भएको जग्गा सबै ब्यक्ति र नेताका परिवार, आफन्तहरुको नाममा गरियो। बैंकको चर्को ब्याज, सहकारी ठगी, मिटर ब्याजले गर्दा जनता गाँस बाँस बिहिन भएर आत्महत्या जस्तो मार्ग रोजन बाध्य हुनुपरेको दर्दनाक पिडा आज बढ्दो छ।

    “नेता पुरै नागिंसकेका छन्। दुर्गा प्रसाईलाई पक्रिएर मात्र देखाओस त्यहि दिनबाट यिनिहरुको भागाभागको दिन सुरु हुन्छ।”

    देशका सबै संबैधानिक अंगहरू, सुरक्षा निकाय, न्यायालय सबै पार्टिहरुको भागबण्डा र सेटिङमा चलेको छ। गणतन्त्र आएको आज १८ बर्ष भैसक्दा पनि जनताले देशमा गरिखान पाएनन्। किसानहरुले समयमा मल बिउ, बिजन पाउदैनन्। भएका खेतबारी बांझै भैसके। गाँउ रित्ति सक्यो। दुध, उखु किसानहरुले आफ्नो मिहिनेतको पैसा पाएका छैनन्। तर सरकार केवल सु-शासनका खोक्रा भाषण गरेर थाक्दैन। जुनसुकै सरकार आयपनि जनताको अबस्था गिर्दो छ। जनतालाई सुरक्षासम्म दिन नसक्ने सरकारले यो संविधानले जनतालाई समान अधिकारको ब्यबस्था गरेको छ। हामी सु-शासन दिन्छौ र भ्रष्टाचार सुन्य अबस्थामा देशलाई पुर्याउछौ भन्ने कुरा पत्याउनु कुकुरलाई मासु पैंचो दिए जस्तै हो। यस्तो खोक्रा नारा र बकम्फुसे आस्वाशनलाई पत्याउनु त्यो आफैमा हास्यास्पद हो।

    प्रधानमन्त्री केपि ओलिको आजैको भाषणलाई सुन्ने हो भने यो संबिधानले सबैलाई समान अधिकार दियको छ भन्नु हुन्छ। खै समानता ? पिडित जनता न्यायका लागि सडकमा आन्दोलित छन्। तर जनताको लागि न्याय माग्दै राष्ट्र, राष्टि्यता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान बोकेर आन्दोलनमा उत्रिएका अभियन्ता दुर्गा प्रसाईलाई हिजो असोज २ गते पक्राउ पुर्जी जारि गरेर धरपकड गर्दै जनतालाई आततायी बनाउदै छ। किन, कसुर के हो ? बिधुतिय कसुर भनेको के हो ? आफ्नो राजनिति जोगाउन जस्लाई जे भन्दिएनी हुन्छ ? त्यो भन्दा संगिन कसुरहरु त नेताहरु आफैले गरेका छन्। आफ्ना नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर बेच्नु,सरकारी चिया बगान, बेच्नु, सरकारले माफिया, तस्कर, बिचौलिया पाल्नु, सहकारी ठगहरुको सम्रक्क्षण गर्नु भन्दा पनि संगिन हो ? गणतन्त्रमा अन्याय बुरुद्व बोल्न पाईन्न् ? के गणतन्त्र यिनिहरु र यिनका परिवारलाई मात्र आयको हो ? यदि हो भने त्यस्तो गणतन्त्र जनतालाई चाहिदैन यो ब्यबस्था असफल भैसकेको छ। नेता पुरै नागिंसकेका छन्। दुर्गा प्रसाईलाई पक्रिएर मात्र देखाओस त्यहि दिनबाट यिनिहरुको भागाभागको दिन सुरु हुन्छ।

    “हिजो पंन्चायतकालमा आफुलाइ मन नपरेका मानिसहरुलाई अंन्चलाधिश मार्फत सार्वजनिक मुद्दा लगाउने गरिन्थ्यो। आज गणतन्त्रमा त्यो भन्दा पनि नालायकीपनबाट दुर्गा प्रसाईलाई वारेन्ट जारी गरिएको छ। जस्का कारण प्रधानमन्त्री ओली आज दरवार मार्गमा हुदै गरेको संविधान दिवस मनाउने कार्यक्रममा सुरक्षाका कारण देखाउँदै प्रमुख अतिथिको रुपमा उपस्थित हुन सकेका छैनन्। यो भन्दा दयनिय अबस्था र बेइज्जत के हुन सक्छ ?”

    देशमा माफियाहरुको बिगबिगी छ। उनैको सरकार मन्त्रीमण्डल, तस्करहरुका पाटनरले देश चलाएको छ। सहकारी ठगिको आरोप लागेका ब्यक्तिहरु उपर संसदिय छानविन समितिले मिहिनेतका साथ तिनमहिना लगाएर प्रतिवेदन तयार पार्यो। धेरै सहकारीको पैसा गोर्खा मिडिया नेटवर्क लिमिटेडको खातामा तानेर ६५ करोड ४५ लाख भन्दा बढि रकम त्यस्का संन्चालकहरु चारजना ब्यक्तिहरु ले झ्वाम परेको किटानी सहितको प्रतिवेदन संसदमा पेश हुँदैगर्दा संसद भवन‌ बाहिर आफुले क्लिन चिट पाएको भन्दै जनतालाई भ्रम फैलाउने रास्वपाका सभापति अहिले माला पहिरेर नाचगान गर्दै हिडेका छन। यस्ता पार्टिहरुले देश बनाउछन् ? यी देश बनाउन आएका हुन् ? यी देश सिध्याउन आयका हुन् भन्दा अत्युक्ति नहोला। उनिमाथी चार वटा मुद्धा आकर्षित हुन्छ। सहकारी ठगी, झुट बोलेर संसददेखी जनतालाई गुमराहमा राखेको, किर्ते, जालसाजी गरेको र एकभन्दा बढी ब्यक्तिहरु मिलेर ठगि गरेको संगठित ठगी मुद्धा लाग्नेछ। गरिब श्रमिक जनताले पाईपाई गरेर कमाएको पैसा सहकारीमा जम्मा गरेको पैसा खान पाईन्छ ? जनताको पैसा छिटो भन्दा छिटो कसुरदारबाट जनतालाई फिर्ता गरियोस्। यदि यो सरकारसंग हिम्मत छ भने तुरुन्त प्रतिवेदनलाई संबन्धित निकायले छानविन गरी कारवाही गरोस।

    अभियन्ता दुर्गा प्रसाईलाई पक्राउ गर्न लगाउने गृहमन्त्री नेपाली कांग्रेसकै छन्। प्रजातन्त्रको हिमायती पार्टि सम्मिलित भएको सरकारले जनताको वाक स्वतन्त्रता हनन् गर्न शरम लागेन ? यस्तो सहकारी ठगी काण्डमा अझै कति सांसद, मन्त्रीहरुको नाम आउनै बांकी छ। आफैले दिएको ऋण तिर्न ढिलाई गरिरहेको पार्टि नेपाली कांग्रेसलाई बिषेश शरम हुनुपर्छ। यस्ता काम त हिजो पंन्चायतकालमा आफुलाइ मन नपरेका मानिसहरुलाई अंन्चलाधिश मार्फत सार्वजनिक मुद्दा लगाउने गरिन्थ्यो। आज गणतन्त्रमा त्यो भन्दा पनि नालायकीपनबाट दुर्गा प्रसाईलाई वारेन्ट जारी गरिएको छ। जस्का कारण प्रधानमन्त्री ओली आज दरवार मार्गमा हुदै गरेको संविधान दिवस मनाउने कार्यक्रममा सुरक्षाका कारण देखाउँदै प्रमुख अतिथिको रुपमा उपस्थित हुन सकेका छैनन्। यो भन्दा दयनिय अबस्था र बेइज्जत के हुन सक्छ ? पशुपतिनाथले यो देशको रक्षा गरुन। जय नेपाल।

    प्रतिकृया दिनुहोस्

    गैरआवासीय नेपाली नागरिकता : राजनिती, संकिर्णता र यथार्थ

    म अहिले नेपालमा छु। उदेश्यः अस्वस्थ, अशक्त बृद्द आमाको चौबिसै घन्टा हेरचाह गर्नु प्रमुख कारण...

    देउवा रिसाएको एक मिनेटमा ओली सरकार ढल्छ : रवि लामिछाने

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काँग्रेस सभापति शेरबहादुर देउवा रिसाएकै दिन एमाले अध्यक्ष...

    दुर्गा प्रसाईलाई पक्राउ पूर्जी किन ?

    काठमाडौं। आज संबिधान दिवस सरकारी पक्षबाट मनाईदै छ। शाहि सैनिक मन्चबाट महामहिम राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक...

    राजेन्द्र महतोको नेतृत्वमा जलाइयो संविधान

    काठमाडौँ। आज राष्ट्रिय मुक्ति क्रान्ति नेपाल समेत संलग्न रहेको बृहत् मोर्चाले माइतीघर मण्डलामा विरोध प्रदर्शनको...

    प्रस्तावित राजदूतको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटेपछि समितिमा खैलाबैला

    काठमाडौं। श्रीलंकाको लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको स्नातक पास भएको शैक्षिक योग्यताको प्रमाणपत्र...