आज : २०२६-०७-२९, बुधबार

बङ्गलादेशमा हिन्दूमाथि भएको दमनविरुद्ध क्यानडाको सदनमा उठ्यो आवाज

काठमाडौं। क्यानडाको सदनमा बङ्गलादेशका हिन्दूमाथि भएको दमनविरुद्ध आवाज उठेको छ।

सांसद चन्द्र अर्याले सन १९७१ मा बङ्गलादेश स्वतन्त्र हुँदा भएको २० प्रतिशत हिन्दू जनसङ्ख्या घटेर ९ प्रतिशत आएको भन्दै यो दमनकै दमनकै कारण भएको अर्थ्याउँदै सांसद अर्याले क्यानडाका हिन्दूहरुको आफन्त र परिवार बङ्गलादेशमा भएको भन्दै आवाज उठाएका छन्।

उनले इसाई र बौद्धमार्गीहरुले भोगेको दमनको पनि कुरा उठाएका छन्। तर, हिन्दू दमन ज्यादा भएको उनले बताएका छन्।

सेप्टेम्बर २३ अर्थात् असोज ७ गते क्यानडाको ‘पार्लियामेन्ट हिल’मा एक जुलुस निस्कने सांसद अर्याले सदनमा जानकारी दिएका छन्।