आज : २०२६-०६-२८, आइतबार

सुदूरपश्चिमका तीन जिल्लामा ३ दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

धनगढी। सुदूरपश्चिम प्रदेशका ३ जिल्लामा शनिबारदेखि अवरुद्ध भएको छ। तीनदिन बितिसक्दा पनि नेपाल टेलिकमको सेवा सुचारु नभएको बताइएको छ।

सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा शनिबार दिउँसोदेखि अवरुद्ध भएको छ।

बैतडीको अनारखोलीमा अप्टिकल फाइबर ब्रेक भएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ।

टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएपछि हजारौं ग्राहक मारमा परेका छन्।

टेलिकमको सेवा अवरुद्ध हुँदा त्यहाँकाे सञ्चार क्षेत्र सम्पर्कबिहीन भएको छ।