News Portal

नेपाली श्रमिकका लागि खुम्चिँदै अवसर

आभास बुढाथोकी
३२५ पटक

काठमाण्डौ। श्रम गन्तव्य मुलुकमा भने नेपाली श्रमिकका लागि अवसर पनि खुम्चिँदै गएको देखिन्छ। वैदेशिक रोजगारसम्बन्धी जानकारहरु विगतमा जस्तो नेपाली श्रमिकका लागि अवसर नभएको बताउँछन्।

वैदेशिक रोजगार व्यवसायीहरु कोभिड संक्रमणपछि निम्तिएको आर्थिक संकट र आप्रवासी श्रमिक ल्याउन कडाइ गरेकाले पनि नेपाल श्रमिकको लैजान कम गरेको बताउँछन्।

उनीहरु भन्छन्, ‘कोभिड पछि निम्तिको आर्थिक संकटले त्यहाँका उद्योग, कलाकारखाना र व्यवसाय धरासाय भएकाले पनि अवसहरु हिजो जस्तो छैन।’

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार खाडी र मलेसियामा श्रमिकका लागि आउने माग कम हुँदै गएको बताउँछन्। ‘पहिले जुन संख्यामा श्रमिकको माग आउँथ्यो, अहिले त्यो छैन। वर्षैपिच्छे यो डिमाण्ड घटिरहेको छ’, उनी भन्छन्।

श्रम गन्तव्य मुलुकले आन्तरिक रोजगारी सिर्जना जोड दिनेगरी नीति ल्याउँदा पनि विदेशी श्रमिक लैजान कम गरेको उनी सुनाउँछन्। त्यसको प्रत्यक्ष प्रभाव नेपाली श्रम बजारमा परिरहेको छ।

त्यस्तै नेपालबाट श्रमिक पठाउँदा हुने ढिलाइले पनि नेपाली श्रम बजार अन्यत्र खोसिँदै गएको उनी सुनाउँछन्।

‘श्रमिक पठाउँदा चाहिने मागपत्र प्रमाणीकारणमा हुने ढिलाइ र डकुमेन्टेसनजस्ता प्रक्रियाहरु झन्झटिलो छन्’, उनले भने, ‘यही कारण पनि रोजगारदाताहरु नेपालबाट श्रमिकहरु लैजान अनिच्छुक देखिन्छन्।’ यसको लाभ अन्य मुलुकले लिइरहेको उनले बताए।

नेपालको प्रमुख श्रम गन्तव्य मलेसियाले गत मार्चदेखि नै आप्रवासी श्रमिक लैजान कटौती गरेको थियो। आप्रवासी श्रमिक लैजान कडाइ गरेपछि यसको प्रभाव नेपालमा पनि परेको छ।

गत मार्चदेखि मलेसियाले आप्रवासी श्रमिक लैजान कडाइ गरेको थियो। मलेसियाले १५ प्रतिशत मात्रै आप्रवासी श्रमिक राख्ने नीति लिएको छ। जसको प्रभाव नेपालमा पनि देखिएको छ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...