News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • झापा छुरा प्रहार काण्डः प्रेमीद्वारा प्रेमिकाको हत्या

    उमाकान्त खनाल
    २४३ पटक

    झापा। झापाको बिर्तामोड र अर्जुनधाराको सीमाना महानन्द चोकमा भएको छुरी प्रहार काण्डमा मृत्यु युवतीको पहिचान खुलेको छ।

    झापाको अर्जुनधारा–६ महानन्द चोकमा इलाम सूर्योदयकी मनीषा लोहारलाई छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। हत्या गर्ने कैलाली गौरीगंगा नगरपालिका-३ का अनिल बिक रहेको प्रहरीको भनाइ छ।

    घटनाका अभियुक्त बिकको अपस्था पनि गम्भीर रहेको छ। उनलाई उपचारको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ।

    कैलाली गौरीगंगा नगरपालिका वडा नम्बर–३ बस्ने बर्ष–२० को अनिल बिकले शुक्रबार साँझ ६स्४० बजे लोहारमाथि छुरा प्रहार गरेका थिए। छुरा प्रहार गर्ने क्रममा प्रतिकार गर्दा बिक घाइते भएको प्रहरीले जनाएको छ।

    उनलाई उपचारको लागि कन्काई, बिर्ता सिटी, बिएण्डसी अस्पताल हुँदै मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए।

    उनको टाउकोमा चोट लागेको बताइएको छ। यता छुरा प्रहारबाट गम्भीर घाइते भएकी मनिषाको उपचारको क्रममा साँझ ७ बजे बिएण्डसी अस्पतालमा मृत्यु भएको र उनको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ।

    मनिषा बिर्तामोड–५ स्थित पाथिभरा टोलमा बस्दै आएकी र उनीहरू प्रेमीप्रेमिका भएको बुझिएको छ। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी बिष्टले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    लघुकथा – ‘समाज’

    एक जना किसानले उसको घरमा जनाबरहरु पालेको थियो। जस्मा मुसा, परेवा, भाले र बोका थिए।...

    कोरियाली अभिनेत्री योङले गरिन् छोरासहित मार्दी हिमालको आरोहण

    काठमाडौं। कोरियाली अभिनेत्री ली सि योङले ४ हजार मिटर अग्लो नेपालस्थित मार्दी हिमाल आरोहण गरेको समाचार...

    धार्मिक पर्यटनको लागी प्रमुख गन्तव्य स्थलको रुपमा गंगाजमुना – चन्द्र थापा

    धादिङ– नेपालको धार्मिक पर्यटनको लागी आन्तरिक तथा विदेशी पर्यटनको आक्रषण वनिरहेको उत्तरि धादिङमा अवस्थित गंगाजमुना...

    पोल्यान्ड हुँदै पोर्चुगल पुगेका सुदुरश्चिमका एक युवक बेपत्ता

    लिस्बन। वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन्। पोल्यान्ड हुँदै २...

    धनराज गुरुङकी पूर्वपत्नी ज्योतिविरुद्ध इन्टरपोलमा ‘रेड नोटिस’ जारी

    काठमाडौं। ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज...