News Portal

कृषि कर्ममा रमाइरहेका हरिनासका रेसबहादुर

हिमालीसंचार संवाददाता
३३३ पटक

स्याङ्जा। हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा आफूलाई बाख्रापालक किसानकै रुपमा चिनाएका छन्। अघिल्लो कार्यकालमा वडा सदस्य भएर जनसेवा गरेका उनी फेरि पशुपालनमै फर्किएका हुन्।

०७४ मा जनप्रतिनिधि बन्नुअघि उनले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गरेका थिए। परम्परागत रूपमा बाबुबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित क्षेत्रीले बाख्रा र खोरमा ८५ हजार रुपैयाँ लगानी गरेर व्यवसाय सुरु गरेको बताउँछन्।

‘घरमा भएका खरी जातका ८ वटा पाठापाठी र खरिद गरेर ल्याएका बोयर जातका १/१ वटा माउ र बाख्राबाट व्यवसाय सुरु गरेको थिएँ’, उनले भने, ‘अहिले फार्ममा ७३ वटा बाख्रा छन्।’ किसान क्षेत्रीले बाख्रापालन व्यवसायबाट वार्षिक रूपमा ३ लाख ५० हजार आम्दानी गर्दै आएको बताए।

उनले १६ रोपनी जग्गामा केराखेती पनि गरेका छन्। ‘केराखेतीबाट वार्षिक १ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको छु। यो वर्ष २ सय ९२ केराका बोट हावाले ढाल्यो’, उनले भने। उनले फार्ममा अहिलेसम्म १५ लाख रुपैयाँ लगानी गरेका छन्।

उनको फार्ममा ८५ प्रतिशतका बोयर बाख्रा छन्। ‘अहिले व्यवसाय राम्रो हुँदै गएको छ। उत्पादन गर्न सके बजारको समस्या छैन। खसीबोका पोखरा पठाउँछु’, किसान क्षेत्रीले भने, ‘चरन क्षेत्रको समस्या छैन।’

यहाँका प्रत्येक घरमा १० देखि २५ वटासम्म बाख्रा छन्। एक घरको गोठालो जान नपाउँदा अर्को घरकाले सहयोग गर्ने चलन छ। सरकारले कृषि क्षेत्रमा प्रगति हासिल गर्न रकममा भन्दा दानापानीमा अनुदान दिनुपर्ने उनको सुझाव छ। (रासस)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...