News Portal

  • माछा मार्न गएका दुई जना राप्ती नदीमा बेपत्ता

    हिमालीसंचार संवाददाता
    २१३ पटक

    चितवन। चितवनको मेघौलीका दुई जना राप्ती नदीले बगाएर बेपत्ता भएका छन्। शुक्रवार अपरान्ह ३ जना नदीमा माछा मार्न गएका थिए। उनीहरुमध्ये १ जना भेटिएका छन्।

    भरतपुर महानगरपालिका –२५ का ४३ वर्षीय सञ्जिव चौधरी, वडा नम्बर २७ का ४५ वर्षीय सुकबहादुर परियार र २८ वर्षीय रोहितकुमार चौधरीलाई नदीले बगाएको इलाका प्रहरी कार्यालय पर्साढापले जनाएको छ।

    बगेको केहीबेरमा उत्रिएका रोहितकुमारले अन्य दुई जना साथीलाई जमुनाघाटबाट नदीले बगाएको जानकारी प्रहरीलाई दिएका थिए। सोही सूचनाको आधारमा हराएकाहरुको शुक्रबार रातिबाटै खोजी सुरु गरेको थियो।

    निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका नेपाली सेना, स्थानीयबासीको टोलीले शनिवार पनि बिहानैबाट हात्ती र मोटरबोटबाट खोजी सुरु गरेका छन्। सेनाले रोहितकुमारको सूचनाको आधारमा अन्य दुई जनाको खोजी भइरहेको जनाएको छ।

    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले पनि दुई जना व्यक्ति राप्तीमा जाँदा बेपत्ता भएको सूचनाको आधारमा खोजी भइरहेको बताए।

    चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती नदीमा लाइसेन्स प्राप्त व्यक्तिले मात्रै माछा मार्न पाउँछन्। निकुञ्जभित्र अनाधिकृतरुपमा प्रवेश गर्न पाइँदैन तर, निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाहरुले प्रशासन तथा सुरक्षार्थ खटिएका नेपाली सेनाको आँखा छल्दै माछा मार्ने, निगुरो, घाँस, दाउराका लागि निकुञ्जभित्र प्रवेश गर्ने गर्छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ५ गतेको राशिफल

    आज भदौ ५, २०८२ (अगस्त २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संख्यामा मात्रै निर्भर हुनु हुँदैन, वैधता र आत्मविश्वास आवश्यक: गगन थापा

    काठमाडौं, भदौ ४ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतान्त्रिक निर्णय गर्दा केवल संख्या पर्याप्त...

    कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाको शव नेपाल ल्याउन सांसद शर्माको सरकारसमक्ष ध्यानाकर्षण

    काठमाडौं, भदौ ४ – कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका र गम्भीर बिरामी परेका नेपालीको...

    रास्वपाद्वारा उपसभामुख इन्दिरा रानामगरमाथि आक्रमणको विरोध

    काठमाडौँ, भदौ ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरमाथि भएको आक्रमणको कडा...

    प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

    काठमाडौं, भदौ ४ – प्रतिनिधि सभामा आजका लागि तोकिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अन्तिम समयमा आएर...