News Portal

समाजवादीमा पराजित भएपछि ओली भेट्न बालुवाटार पुगेकी थिइन् रामकुमारी

हिमालीसंचार संवाददाता
३५३ पटक

काठमाडौं। नेकपा समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसहितका नेताहरूले एमालेमा फर्किने तयारी गरेका छन्। नेकपा समाजवादीमा रामकुमारी पराजित भएपछि उनको टिम नै एमालेमा फर्किने तयारी गरेको हो।

त्यसको छनक रामकुमारीका पछिल्ला गतिविधिले पनि देखाइरहेको छ। बालेन र एमालेको डिजिटल वारमा रामकुमारीले एमालेलाई समर्थन गरिन्। त्यसपछि उनी एमालेमा फर्किन सक्ने सम्भावना रहेको राजनीतिक वृत्तमा चर्चा छ।

विगतमा ओलीप्रति आक्रामक अभिव्यक्ति दिने झाँक्री एकाएक एमाले र ओलीको समर्थनमा उत्रिएपछि त्यस्तो आङ्कलन गर्नु स्वाभाविक नै हो।

तर, रामकुमारीले एमालेमा फर्किनका लागि आफ्ना नजिकका नेताहरूसँग छलफल गरिरहेको बुझिएको छ। यति मात्रै होइन, नेकपा एसको उपाध्यक्षमा पराजित भएपछि रामकुमारीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई भेटेको खुलासा भएको छ।

भदौ १७ गते सांसद किसान श्रेष्ठलाई साथमा लिएर प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेकी थिइन्। भेटमा उनले समाजवादीका केही सांसद र नेताहरू नै एमालेमा फर्किन चाहेको सुनाएको एमाले स्रोतले जानकारी दियो।

जवाफमा ओलीले एमालेमा आउने सबैलाई स्वागत र उपयुक्त जिम्मेवारी दिने बचन दिएका थिए। उनले आउने जति सबैलाई लिने जवाफ दिएपछि रामकुमारी थप परामर्श गर्ने भन्दै बालुवाटारबाट बाहिरिएको एमाले स्रोत बताउँछ। मकालुखबरबाट।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...