News Portal

समाजवादीमा पराजित भएपछि ओली भेट्न बालुवाटार पुगेकी थिइन् रामकुमारी

हिमालीसंचार संवाददाता
२८३ पटक

काठमाडौं। नेकपा समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसहितका नेताहरूले एमालेमा फर्किने तयारी गरेका छन्। नेकपा समाजवादीमा रामकुमारी पराजित भएपछि उनको टिम नै एमालेमा फर्किने तयारी गरेको हो।

त्यसको छनक रामकुमारीका पछिल्ला गतिविधिले पनि देखाइरहेको छ। बालेन र एमालेको डिजिटल वारमा रामकुमारीले एमालेलाई समर्थन गरिन्। त्यसपछि उनी एमालेमा फर्किन सक्ने सम्भावना रहेको राजनीतिक वृत्तमा चर्चा छ।

विगतमा ओलीप्रति आक्रामक अभिव्यक्ति दिने झाँक्री एकाएक एमाले र ओलीको समर्थनमा उत्रिएपछि त्यस्तो आङ्कलन गर्नु स्वाभाविक नै हो।

तर, रामकुमारीले एमालेमा फर्किनका लागि आफ्ना नजिकका नेताहरूसँग छलफल गरिरहेको बुझिएको छ। यति मात्रै होइन, नेकपा एसको उपाध्यक्षमा पराजित भएपछि रामकुमारीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई भेटेको खुलासा भएको छ।

भदौ १७ गते सांसद किसान श्रेष्ठलाई साथमा लिएर प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेकी थिइन्। भेटमा उनले समाजवादीका केही सांसद र नेताहरू नै एमालेमा फर्किन चाहेको सुनाएको एमाले स्रोतले जानकारी दियो।

जवाफमा ओलीले एमालेमा आउने सबैलाई स्वागत र उपयुक्त जिम्मेवारी दिने बचन दिएका थिए। उनले आउने जति सबैलाई लिने जवाफ दिएपछि रामकुमारी थप परामर्श गर्ने भन्दै बालुवाटारबाट बाहिरिएको एमाले स्रोत बताउँछ। मकालुखबरबाट।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...