News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनशान

    हिमालीसंचार संवाददाता
    १७६ पटक

    बागलुङ। भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ। बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको हो।

    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत मङ्गलबार चालक र सहचालकलाई टीका लगाए बसपार्कको शुभारम्भ गरेका थिए।

    बागलुङ नगरपालिका–४ दावगह्मा २३ वर्षपछि आधुनिक बागलुङ बसपार्क सञ्चालनमा आएको थियो। व्यवसायी विष्णुराज पन्तले असुरक्षाका कारण व्यवसायीले बसपार्कमा बस राख्न नसकेको बताए।

    “बस ठोकिन्छ, कसरी त्यहाँ बस जान्छ र खै ?”, उनले आश्चार्य व्यक्त गर्दै भने, “नगरले सुरक्षा दिनुपर्यो नी, अनि मात्र ठूला सवारी गन्तव्यमा पुग्छन्।”

    बसपार्क सञ्चालनमा ल्याएको नगरले भने व्यवसायीसँग सम्झौताको काम बाँकी रहेकाले केही दिन लाग्ने जनाएको छ।

    “व्यवसायीसँग सम्झौता भएको छैन, हामी छलफलमै छौँ, एक दुई दिनमा काम टुङ्गो लाग्छ”, नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भने, “एक दिन नचल्दैमा बसपार्क बन्द भयो भन्न मिल्दैन।” उनले बसपार्कलाई दिगो बनाउनका लागि यातायात व्यवसायीसँग लिखित रुपमा सम्झौता गरेर अघि बढ्ने योजना सुनाए।

    निर्माण प्रक्रिया सुरुआत गरेको २३ वर्षपछि बागलुङ बसपार्क सञ्चालनमा ल्याइएको थियो। बसपार्क निर्माणका लागि नगर विकास कोषबाट ८ करोड ७० लाख ऋण लिइएको थियो। बसपार्कमा ८० ठूला बस, १० माइक्रोबस एकैसाथ राख्न सकिन्छ। (रासस)

    प्रतिकृया दिनुहोस्

    नेपाल विद्युत प्राधिकरण आज श्वेतपत्र सार्वजनिक गर्दै, घाटा र बक्यौता प्रमुख सरोकार

    काठमाडौं, वैशाख १९ – नेपाल विद्युत प्राधिकरणले आज दिउँसो २ बजे एक महत्वपूर्ण दस्तावेज –...

    ओडिसामा मृत भेटिएकी नेपाली छात्रा प्रिशाको परिवार रातारात भारततर्फ प्रस्थान

    भारत, वैशाख १९ – ओडिसास्थित केआईआईटी युनिभर्सिटीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी नेपाली छात्रा प्रिशा...

    आजको राशिफल

    आज वैशाख १९, २०८२ (मे २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    राजसंस्थालाई फर्काउने सपना देख्नु व्यर्थ – माधवकुमार नेपाल

    काठमाडौं, वैशाख १८ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा लागू भएको संघीय...

    हल्दी कार्यक्रममा जसपा नेतृ बबी सिंहले चलाइन् पेस्तोल, प्रहरीले अनुसन्धान अघि बढायो

    सर्लाही, वैशाख १८ — जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवले...