News Portal

धादिङमा बस र माइक्रो ठोक्किंदा ८ जना घाइते

हिमालीसंचार संवाददाता
४१४ पटक

धादिङ। कालुपाण्डे मार्ग अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाह नजिकै बस र इभी माइक्रोबस ठोक्किंदा ८ जना घाइते भएका छन्।

धादिङबाट काठमाडौंका लागि छुटेको ना ७ ख २१९८ नम्बरको बस र काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बागमती प्रदेश-००१ ज ०४२९ नम्बरको इभी माइक्रोबस एकआपसमा ठोक्किएर दुर्घटना भएको धादिङका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

दुर्घटनामा माइक्रोबसमा सवार १५ जनामध्ये ८ जना यात्रु घाइते भएका हुन्।

घाइते माइक्रोबसका १ जना यात्रुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने, अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...