News Portal

फुलजोर खोलाको किनारमा क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको मृत्यु

समिर कुमार अधिकारी (द्रुपद)
३०५ पटक

(फाईल तस्बिर)

धादिङ। सर्लाहीको फुलजोर खोलाको किनारमा क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको मृत्यु भएको छ।

मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथका१७ वर्षीय निशान्त थापामगर छन्। सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार शनिबार दिउँसो निशान्त साथीहरुसित पौडी खेल्न गएका थिए।

इश्वरपुर नगरपालिका ५ फुलजोर खोलाको पूर्वी किनारमा स्थानीय मंगल महतोको जग्गामा क्रसरले खनेको खाल्डोमा पौडी खेल्ने क्रममा उनी डुबेका थिए।

ठूलो खाल्डोमा डुब्दा उनको शव खोज्न प्रहरीलाई सकस परेको थियो। सशस्त्र प्रहरीबल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट गोताखोर टोली शव फेला पारेर निकालेको थियो।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...