News Portal

त्रिशुली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

द्रुपद अधिकारी
४०० पटक

धादिङ। नारायणघाट-मुग्लिन सडकखण्डको घुमाउनेमा दुर्घटना भएको बस त्रिशुलीमा खस्नबाट जोगिएको छ।

आइतबार बिहान सवा सात बजे भरतपुर महानगरपालिका -२९ घुमाउनेमा यात्रुबाहक बस आफैँ अनियन्त्रित हुँदा सडक छेउमा बनाइएको डिभाइडरले नदीमा खस्नबाट जोगिएको हो

सडकको करिब एक सय मिटर तल त्रिशुली नदी छ। बस दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी भेषराज रिजालले  जानकारी दिए।

उनीहरुलाई चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको उनले बताए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुप्र.प्र.०२–००१ ख १३३२ नम्बरको बस आफैँ अनियन्त्रित भई सडक साइडको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनापछि उक्त स्थानमा बाटो एकतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...