News Portal

अन्तरजातीय प्रेम गरेकी मीना हराएको ७ महिनापछि शव भेटियो, पेटभित्र गर्भ

वाशुदेव मिश्र
४३१ पटक

पोखरा। म्याग्दीको बेनी नगरपालिका-९, तोरीपानीकी १९ वर्षीया मीना परियार गएको पुस १६ गते घरबाट एकाएक हराइन्।

स्थानीय गलेश्वर माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने मीना छिमेकी राम खत्रीसँग प्रेममा थिइन्। मीनाका पिता चन्द्रे नेपालीले खोजतलासका निम्ति २०८० पुस १६ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा जाहेरी दिए।

माघ ३१ गते उनले राम खत्रीले नै छोरी बेपत्ता बनाएको दाबी गरी ‘व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसुर’मा जाहेरी दिए। प्रहरीले रामलाई पक्राउ गर्‍यो। प्रहरीसँगको बयानमा रामले मीनासँग यौन सम्बन्ध रहेको स्वीकारे पनि हत्याचाहिँ अस्वीकार गरे।

प्रहरीको अनुसन्धानबाट रामले मीनासँग पटक-पटक म्यासेन्जरमा कुराकानी गरेको, कुराकानीका क्रममा यौन सम्पर्क स्वीकारिएको, मीनाको पेटमा ६ महिनाको गर्भ रहेको र गर्भपतन गराउन दबाब दिएको खुल्यो।

सोही आधारमा प्रहरीले खत्रीविरुद्ध मुद्दा दायर गर्‍यो। जिल्ला अदालत म्याग्दीले २०८० फागुन १७ गते थुनछेक आदेशमार्फत अभियुक्त खत्रीलाई पुर्पक्षका लागि कारागार पठायो।

हराएकी मीनाको खोजी हुँदै थियो। एकाएक गएको साउन २७ गते सोही वडाको गिठिनी कालीमूल जंगलमा गाडिएको अवस्थामा एउटा शव भेटियो।

शव मीनाकै भएको लख काटियो। म्याग्दी प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार शव चिनिने अवस्थामा थिएन।

‘स्थानीयको जानकारीपछि शव निकालियो, चिनिने अवस्थामा थिएन’, उनले भने, ‘तर, त्यहाँ भेटिएको सुनको सिक्री, कालो सल, चप्पल अनि कपडा हेरेपछि मीनाका परिवारले सनाखत गरे। सडेगलेको मृत शरीरलाई पोस्टमार्टमका लागि पोखराको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइयो।’

पोस्टमार्टमबाट यही भदौ ५ गते बिहीबार शव मीनाकै भएको किटान मात्र भएन, मृतक गर्भवती रहेको समेत प्रमाणित भयो। सूचना अधिकारी रायमाझीका अनुसार प्रारम्भिक रिपोर्टले रामु र मीनाबीच भएको म्यासेन्जर कुराकानी पुष्टि भएको छ।

अब भ्रूणचाहिँ रामुकै हो कि हैन भन्ने प्रमाणित गर्न रामुको डीएनए संकलन गरी फरेन्सिक परीक्षणका लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशाला पठाउने तयारी गरिएको छ।

हत्यामा धारिलो हतियार प्रयोग भएको पनि पुष्टि भएको उनले बताए। मीनाको मृत्यु भएसँगै परिवारले रामसहित परिवारका ५ जनाविरुद्ध हत्या अभियोगमा किटानी जाहेरी दिएका छन्।

जाहेरी दिएकामध्ये ३ जना पक्राउ परिसकेको र २ जना फरार रहेको सूचना अधिकृत रायमाझीले बताए।

प्रतिकृया दिनुहोस्

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...