News Portal

अन्तरजातीय प्रेम गरेकी मीना हराएको ७ महिनापछि शव भेटियो, पेटभित्र गर्भ

वाशुदेव मिश्र
४५८ पटक

पोखरा। म्याग्दीको बेनी नगरपालिका-९, तोरीपानीकी १९ वर्षीया मीना परियार गएको पुस १६ गते घरबाट एकाएक हराइन्।

स्थानीय गलेश्वर माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने मीना छिमेकी राम खत्रीसँग प्रेममा थिइन्। मीनाका पिता चन्द्रे नेपालीले खोजतलासका निम्ति २०८० पुस १६ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा जाहेरी दिए।

माघ ३१ गते उनले राम खत्रीले नै छोरी बेपत्ता बनाएको दाबी गरी ‘व्यक्ति बेपत्ता पार्नेसम्बन्धी कसुर’मा जाहेरी दिए। प्रहरीले रामलाई पक्राउ गर्‍यो। प्रहरीसँगको बयानमा रामले मीनासँग यौन सम्बन्ध रहेको स्वीकारे पनि हत्याचाहिँ अस्वीकार गरे।

प्रहरीको अनुसन्धानबाट रामले मीनासँग पटक-पटक म्यासेन्जरमा कुराकानी गरेको, कुराकानीका क्रममा यौन सम्पर्क स्वीकारिएको, मीनाको पेटमा ६ महिनाको गर्भ रहेको र गर्भपतन गराउन दबाब दिएको खुल्यो।

सोही आधारमा प्रहरीले खत्रीविरुद्ध मुद्दा दायर गर्‍यो। जिल्ला अदालत म्याग्दीले २०८० फागुन १७ गते थुनछेक आदेशमार्फत अभियुक्त खत्रीलाई पुर्पक्षका लागि कारागार पठायो।

हराएकी मीनाको खोजी हुँदै थियो। एकाएक गएको साउन २७ गते सोही वडाको गिठिनी कालीमूल जंगलमा गाडिएको अवस्थामा एउटा शव भेटियो।

शव मीनाकै भएको लख काटियो। म्याग्दी प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार शव चिनिने अवस्थामा थिएन।

‘स्थानीयको जानकारीपछि शव निकालियो, चिनिने अवस्थामा थिएन’, उनले भने, ‘तर, त्यहाँ भेटिएको सुनको सिक्री, कालो सल, चप्पल अनि कपडा हेरेपछि मीनाका परिवारले सनाखत गरे। सडेगलेको मृत शरीरलाई पोस्टमार्टमका लागि पोखराको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइयो।’

पोस्टमार्टमबाट यही भदौ ५ गते बिहीबार शव मीनाकै भएको किटान मात्र भएन, मृतक गर्भवती रहेको समेत प्रमाणित भयो। सूचना अधिकारी रायमाझीका अनुसार प्रारम्भिक रिपोर्टले रामु र मीनाबीच भएको म्यासेन्जर कुराकानी पुष्टि भएको छ।

अब भ्रूणचाहिँ रामुकै हो कि हैन भन्ने प्रमाणित गर्न रामुको डीएनए संकलन गरी फरेन्सिक परीक्षणका लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशाला पठाउने तयारी गरिएको छ।

हत्यामा धारिलो हतियार प्रयोग भएको पनि पुष्टि भएको उनले बताए। मीनाको मृत्यु भएसँगै परिवारले रामसहित परिवारका ५ जनाविरुद्ध हत्या अभियोगमा किटानी जाहेरी दिएका छन्।

जाहेरी दिएकामध्ये ३ जना पक्राउ परिसकेको र २ जना फरार रहेको सूचना अधिकृत रायमाझीले बताए।

प्रतिकृया दिनुहोस्

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...