News Portal

  • नेपाली उद्दोमी, यूवा ब्यापारीहरुलाई यसरी सिध्याईदै

    कमला थापा
    ८७७ पटक

    महेन्द्र सिंह जज एक मिहिनेती, सफल यूवा उद्दोमी हुन्। “उनको उद्दोग कम्पनी गोदावरी इन्टरनेसनल लिमिटेड हो।” कम्पनी धेरै राम्रोसंग चल्दै थियो। उनले पूर्वी पहाडमा उत्पादन हुने दुर्खालाई आफुले बजार दिएर उत्पादन खरिद गरि त्यस्लाई प्रशोधन गरेर बिश्व बजारमा निर्यात गर्ने र बिदेशी मुद्रा भित्र्याउने देशको अर्थतन्त्रलाई टेवा दिने कामसमेत गरेका थिए।

    नेपालको दुर्खा अमेरिकामा, अष्ट्रेलिया र यूरोपका केही मूलुकहरुमा “घरपालुवा कुकुरहरुको राम्रो आहार भएकोले यसको निर्यात गर्दै आएका थिए। दुर्खाको माग धेरै हुने गरेकोले पूर्वी पहाडमा उत्पादन गर्ने कृषकहरुले राम्रो बजार पाएको हूदां कृषकहरु पनि लाभान्वित भयका थिए। तर यो उद्दोग “गोदावरी इन्टरनेसनल कम्पनी” कोभिड-१९ को माहांमारीले नराम्रोसंग प्रभावित भयो। दुई बर्षसम्म लकडाउनका कारण हवाई जहाज चलेन खरिद गरेको अर्बौको दुर्खा निर्यात हुन‌ नपाउदा। अर्बौंको सामान सडेर गयो। उनले “सानिमा बैंकबाट केहि ऋण लियर सामानको पैसा तिर्ने र बैंकको ब्याज तिर्न गारो हुदां बैंकले ऋण बढाउदै आफ्नो ब्याज असुल गर्दै आयको उनी बताउँछन्। उनलाई बिश्व बैंकले समेत ऋण दियको थियो। त्यति राम्रो चलेको उद्दोग बैंकको र पवन गोल्डेनको गिद्धे नजर पर्दा पर्दै अरुको आंखा गाडिन पुग्यो। महेन्द्र जज पुर्ख्यौली उद्दोमी ब्यापारी पनि हुन्।

    महेन्द्र जजका बुबा खजान सिंह जजलाई राजा श्री ५ त्रिभुवन शाहले दिल्लिमा कुनै समारोहमा भेटेर नेपालमा आउन अनुरोध गरेका थिए। उनी बिदेशमा पढेलेखेका धेरै वौद्धिक ब्यक्ति भएको र पछि राजा श्री ५ महेन्द्र शाहले श्री खजान सिंह जजलाई नेपालमा बिजनेस प्रमोट गर्नका लागि ल्याएको र उनलाई Royal Hotel, Boris Lich रसियन नागरिकलाई ल्याएर महेन्द्र सरकारले होटल‌ ब्यबसाय गर्न लगायतको र महेन्द्रका बुबा खजान सिंहलाई उद्दोग, ब्यापार गर्न लगायतको दिइएको भन्ने उनको भनाइ छ।

    महेन्द्रका बुबासंग बझांगका प्रतिष्ठित थापाको छोरी शारदा थापा सिंहसंग विवाह भएको, शारदा थापाबाट दुई छोराहरु जन्मिएका। उनी अहिले गोदावरीमा बस्दै आएपनि उनको बुबाआमाले पहिलो नेपाली टिबिटियन कार्पेट उद्दोग खोलेको बिदेश सप्लायर्स समेत आफैले गरेको त्यसमा दैनिक १००० जना भन्दा बढि ब्यक्तिहरुलाई रोजगारी दिएको, उनले आफुले आर्जन गरेको कमाईबाट सानेपाको किरण भवन किनेको बुबा बितेपछि पारिवारिक कारण उक्त भवन बेचेर छोराहरुलाई अंश दिएर पछि महेन्द्र जज अष्ट्रेलियाबाट अध्यन सकेर फर्किएपछी गोदावरीमा घर र कारखाना “गोदावोरी इन्टरनेसनल लिमिटेड कम्पनी” स्थापना गरी चलाउदै आयको बताउछन्। महेन्द्रले अष्ट्रेलियामा पढदा कुकुरको लागी दुर्खाको माग धेरै हुने गरेको र यस सम्बन्धी राम्रो अध्ययन गरेर नेपालमा आफुले कम्पनी स्थापना गरेको बताउछन्। कानूनी रुपमा उद्दोग दर्ता भएको, नेपाल सरकारलाई तिरेका कर सम्पूर्ण कागजपत्र उनिसंग छ। र मलाई धेरै लामो डकुमेन्टहरु मेरो घरमा आएर दिनुभएको छ।

    आज म यो फरक बिषयमा प्रस्तुत भएको छु। कारण नेपाली उद्दोमी, ब्यापारी र बास्तबिक नेपाली नागरिकहरुमाथि भए गरेको अन्याय, अत्याचारलाई कुनै पनि नागरिकले हेरेर सहेर बस्न सक्दैन। र बस्नु पनि हुदैन भन्ने मान्यतामा आधारित भएकोले यो लेखबाट सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्न खोजेको हो।

    नेपालका आफुलाई ठूला घराना भन्ने बाहिरबाट आएका मारवाडिहरुले नेपालीलाई कसरी सिध्याउदै छन्। भन्ने ज्वलन्त उदाहरण हो यो।

    पवन गोल्डेनको भाईबुहारी लतिका गोल्डेन जो पहिला महेन्द्र सिंहसंग दुर्खा लिएर आफु ब्यापार गर्थिन। लतिका सग ब्यापारिक सम्बन्ध भएकोले महेन्द्रको ब्यापार घाटामा गएको र सानिमा बैंकको पैसा समयमा तिर्न नसकेका कारण लतिकाले हामी साझेदारीमा काम गरौं म तपाईको बैंकको पैसा तिरिदिन्छु। र तपाईलाई महिनाको ३ लाख खर्च दिन्छु कम्पनी मिलेर चलाउ भन्ने सर्तमा सझौता भएको रहेछ।

    तनाबका कारण महेन्द्र नराम्रोसंग बिमारी हस्पिटलाईज भएको र मानसिक रुपमा डाक्टरले औषधि चलाईरहेको, डक्टरले यस्तो बिरामीलाई अहिले तनाब नदिनुहोस् उहाँ ठिक भएपछी कुरा गर्नु भन्दै महेन्द्रलाई पनि तपाईले अहिले कुनैपनि कागजमा सहि नगर्नु भनेकोबेला उहाँ होसमा नभएको अबस्थामा कागजमा ल्याप्चे गराएर जालसांझी तरिकाले ऋण बढाएको रहेछ। महेन्द्रको घर, कारखाना भएको ६० आना जग्गा सहि गराएर लिईछिन् र सानिमा बैंकबाट १९/२० करोड रुपैयाँ झिकिछन्। महेन्द्रलाई १९ करोड दिन्छु भनेको पैसा र महिनामा ३ लाख दिने भनिएकोमा २ महिनासम्म ३/३ लाख दिएपछि आजसम्म एक पैसा नदिएर उनको ५०/५५ करोडको सम्पति त्यो भब्य घरमा आंखा गाडेर सबै खाने योजना बनाएर अहिले दिनहूं भाडाका मानिस पठाउने, धम्काउने ११ बर्षकी उनको छोरी, श्रीमती, आमा र आफुलाई समेत सधै मार्ने कोसिस् गरेको हुनाले महेन्द्र सिंहले ललितपुर जिल्ला अदालतमा नालिस, रिट दिएका छन्। मुद्धा विचाराधिन रहेको अबस्थामा उनिमाथि लतिकाको ज्यादति अति नै बढेको रहेछ। उनको छोरी र श्रीमतीलाई असुरक्षित भएकोले दिल्लिमा राखेका छन्। बिरामी आमा र आफु मात्र घरमा भएको बताए। यस उपर “बिजनेस सरोकार दैनिक” पत्रिकाले खोजतलास गरेर महेन्द्रमाथि भएको ज्यादतिको बिषयमा “मारवाडी समुदायले बैंकसंग मिलेर यसरी सिध्याउ छन् नेपाली उद्दोग भन्ने शिर्षकमा” समाचार छापेको रहेछ। त्यसैलाई लिएर “पवन गोल्डेनले यसमा मेरो नाम गांसिएकोले छिटो घर खाली गर्न भन्दै महेन्द्रलाई बारम्बार धम्काउने गरेको रहेछ। समाचार छापेको कारण पत्रकारलाई समेत दिनहूं धम्की दिने गरेको रहेछ। यस्ता समाचार लेखे बापत कतिलाई धम्की दिने हो ? पैसा भएपछि जे गर्न पनी छुट हुने हो भने कति यूवा उद्दोमीहरुले सन्किनु पर्ने हो ? सरकारको अबिलम्ब ध्यान जाओस्।

    यस्तो ज्यादति उपर महेन्द्रले गोदावरी नगरपालिका वडा नं ३ मा र नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालयमा आफु र आफ्नो परिवारको सुरक्षाका लागि न्याय माग्दै उजुरी दिएका छन्। यो लेख लेखुन्जेल पनी लतिकाले वकिल सहित वडामा गएर महेन्द्रलाई उपस्थित गराई आफुले मुद्धा जितिसकेकोले महेन्द्रको घर खाली गराउन दवाव दिइरहेको जानकारी आएको छ।

    देशमा सरकार छ। गृहमन्त्री, गृह प्रशासन, न्ययीक निकायहरु छन् तर नेपाली उद्दोमी, ब्यापारी, निरिह नागरिकले न्याय पाउन यति मुस्किल छ। पार्टिका नेता सरकार प्रमुख प्रधानमन्त्री सबै बिदेशी मारवाडी, तस्कर, बिचौलिया, माफियाका मतियार पार्टनर भएका छन्। यो ज्यादति, अन्याय उपर सम्बन्धित निकायको अबिलम्ब ध्यानकर्षण होस्, पार्टि, तिनका नेताहरुलाई यदी आफ्ना जनता उपर केहि कर्तब्य र जिम्मेवारी छ भने भोटको मात्र राजनीति नगरुन्। देशमा गरिखाने बर्ग, जनता ब्यापारीहरुको सुरक्षामा समेत ध्यान जाओस।

    अन्याय बिरुद्ध बोल्ने, लेख्ने ब्यक्तिहरुलाई धम्काउने, दोबाटो ढुकीढुकी पिटने काम सबै ठूला पार्टिहरुका झोले कार्यकर्ताहरुले सर्बत्र जिल्लाहरुमा समेत गर्दैछन्। ठूला पार्टिका केन्द्रको बेलैमा ध्यान जाओस्। भन्ने उद्देश्यले यो लेख लेखिएको हो।

    महेन्द्र सिंह जज अहिले तनाबग्रस्त अबस्थामा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका अभियन्ता, समाज सेवी दुर्गा प्रसाई कहाँ समेत सहयोग माग्न गएका छन्। श्री पशुपतिनाथले सबै निरिह जनताको रक्षा गरुन। जय नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...