News Portal

भारतबाट अबैध रुपमा भित्र्याएकाे चप्पल बरामद 

रविन्द्र बराल
३३६ पटक

मोरङ। मोरङ रंगेली-३ स्थित आमतोलाबाट नेपाल  प्रहरीले भारतबाट अबैध रुपमा लुकाई छिपाई ल्याएर नजिया खातुनकाे घरमा लुकाई राखेकाे सुचना प्राप्त भएपछि प्रहरीकाे विशेष टाेलीले उक्त चप्पल बरामद गर्ने सफल भएको छ।

खातुनकाे घरमा बिगत ५/६ महिनादेखि बस्दै आइरहेको बङगाली भन्नेले अबैध रुपमा लुकाई छिपाई ल्याई स्टोर गरेर विभिन्न ब्राण्डका चप्पलहरु प्रहरीले बरामद गर्ने सफल भएको छ।

प्रहरीका अनुसार निजकाे घर खानतलासी गर्दे १६ वटा ठुलो प्लाष्टिकको बोरामा रहेको, अन्दाजी मुल्य आठ लाख रुपैयाँ बराबरको चप्पल बरामद गरिएको हाे।

त्यसैगरी रंगेली ८ दर्वेशाबाट प्लाष्टिकको बोरामा अन्दाजी ३ लाख रुपैयाँ बराबरको अवैध भण्डारण गरेको चप्पलसमेत बरामद गरेको र उक्त समान बिराटनगर भन्सार कार्यलयमा बुझाउने ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले बताए।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...