आज : २०२६-०६-१०, बुधबार

सेप्टेम्बर २० मा बाग्लुङ सेवा समाज कुवेतकाे पहिलो अधिवेशन हुँदै

कुवेत सिटी, कुवेत। कुवेत नगरीमा भर्खरै मात्र स्थापना भएको बाग्लुङ सेवा समाज कुवेतले आफ्नो पहिलो अधिवेशन गर्ने भएको छ।

“समृद्ध बाग्लुङका लागि हाम्रो साझा प्रतिबद्धता” नारा बोकेको उक्त समाजले २० सेप्टेम्बर २०२४ मा कुवेतको खैतानस्थित राजधानी होटेलमा पहिलो अधिवेशन गर्न लागिएको संस्थाका अभियन्ता घनश्याम थापा मगरले हिमालीसंचारसँगको कुराकानी बताए।

उक्त दिन कुवेतबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लगायत सम्पूर्ण स‌ंस्थाका प्रतिनिधि, व्यवसायी, बुद्धिजीवी, पत्रकार तथा कुवेतमा बसोबास गर्ने सम्पूर्ण बाग्लुङका दाजुभाइ दिदीबहिनीहरूमा बाग्लुङ सेवा समाज कुवेतको अधिवेशनमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिएर सहयोग गरिदिन संस्थाले आग्रह गरेको छ।

   तपशील:

मिति : २० सेप्टेम्बर २०२४
समय : ११ बजेदेखि ४ बजेसम्म
स्थान : राजधानी होटल, खैतान
आयोजक : बाग्लुङ सेवा समाज कुवेत।