News Portal

पुष्कर खतिवडा २५ हजार धरौटीमा छुटे

हिमालीसंचार संवाददाता
२४३ पटक

काठमाडौँ। भीआईजीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गर्ने पुष्कर खतिवडा रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन्।

उनी साउन १४ मा मण्डिखाटारबाट पक्राउ परेका थिए। खतिवडाले सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गर्न आयोजित यज्ञमा सहभागी हुन सार्वजनिक आह्वान गरेका थिए।

२८ वर्षीय खतिवडाले फेसबुकमा ‘भीआईपीहरूको मृत्युको काम गरेर यमराजको पूजा गर्ने निर्णय गरेको छु’ भन्ने पोष्ट गरेका थिए।

खतिवडाले सामाजिक सञ्जालमा ‘आवेगमा लेखेको’ बयान दिएका छन्। आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडाले बयानमा भनेका छन्, ‘फेसबुक स्ट्याटस आवेशमा लेखेको हुँ, साथीहरूले त्यस्तो गर्नु हुँदैन भनेपछि मलाई गलत रहेछ भन्ने अनुभूति भएको थियो।’

साथीहरूको आग्रह अनुसार होम नहालेको उनले जिकिर गरेका छन्। उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी कसुरमा मुद्दा चलाएको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रवीन्द्रनाथ पौडेलले बताए।

उनले भने, ‘उहाँ १६ दिनमा अदालतको आदेश अनुसार रिहा हुनुभएको छ।’ अदालतले मागेको २५ हजार धरौटी उनले बुझाएका छन्। उनी झापाको बुद्धशान्तिका स्थानीय हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...