News Portal

गठ्ठाघरमा दुर्घटनाः आफन्तले सनाखत गरे शव

हिमालीसंचार संवाददाता
३६३ पटक

काठमाडौँ। भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको शव आफन्तले सनाखत गरेका छन्।

मृत्यु हुने व्यक्ति ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको समेत खुलेको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए।

दुर्घटनालगत्तै बिहीबार प्रहरीले मृतक महिला रहेको बताएको थियो। पछि मृतक भनिएकी महिला नै प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्। त्यसपछि थप खोजी गर्दै जाँदा साँझमात्रै प्रहरीले मृत्यु हुनेमा पुरूष रहेको बताएको थियो।

शुक्रबार बिहान मृतकका श्रीमतीसहितका आफन्तहरू उपस्थित भएर शव सनाखत गरेको डिएसपी कार्कीले जानकारी दिए।

उहाँहरू बिहान आइपुग्नुभयो र सनाखत गर्नुभयो,’ डिएसपी कार्कीले भने। शव सनाखतपछि अब पोस्टमर्टमको प्रक्रिया अगाडि बढाइने डिएसपी कार्कीले जानकारी दिए।

बिहीबार काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ना ६ ख २१७३ नम्बरको ट्रकले सोहीतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

स्कुटर चालकको दुर्घटनास्थलमै मृत्यु भएको थियो। ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका-२ का ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठ पक्राउ परेका छन्।

दुर्घटनापछि बिहीबार दिनभर गठ्ठाघर तनावग्रस्त बनेको थियो। त्यहाँ प्रहरी र स्थानीयबीच झडप नै भएको थियो। त्यहाँ ११८ जना प्रहरी परिचालन गरिएको थियो।

त्यसबाट पनि भिड नियन्त्रण हुन नसकेपछि विभिन्न जिल्लाहरूबाट थप ११३ जना प्रहरी १३० जना प्रहरी, १२० जना सशस्त्र प्रहरी खटाइएको थियो। प्रहरीबाट २२ राउन्ड अश्रुग्यास प्रहार भएको डिएसपी कार्कीले जानकारी दिए।

भीड नियन्त्रण गर्ने क्रममा भक्तपुरका प्रहरी प्रमुख एसपी बेद विष्ट र प्रहरी सहायक हवलदार बहादुरे राउत घाइते भएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...