News Portal

रुसी सेनामा मारिएका ५ जनाको अस्थि पशुपतिमा सेलाइयो

हिमालीसंचार संवाददाता
२९० पटक

काठमाडौं। रुस–युक्रेन युद्धमा माएिका ५ जना नेपालीको अस्थि नेपाल आइपुगेको छ।

रुसी सेनामा भर्ना भएर रुस–युक्रेन युद्धमा माएिका कास्कीका देवन राई, स्याङ्जाका पितम कार्की, हरिप्रसाद अर्याल, गणेश श्रेष्ठ र महोत्तरीका अनितकुमार शाहको अस्थि नेपाल आइपुगेको हो।

रुसी सेनामा मारिएका नेपालीहरुको अस्थि पहिलो पटक नेपाल आइपुगेको हो। बुधबार रुसबाट आएको मृतकको अस्थि बुझेको मृतकका परिवारले जनाएका छन्।

उनीहरुले बिहीबार सामूहिक रुपमा अस्थि पशुपतिको आर्यघाटमा सेलाएको रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले जानकारी दिइन्।

मृतकका परिवारले भने यसअघि नै कुशको शव बनाएर दाहसंस्कार गरिसकेका थिए। नेपाल सरकारले रुसी सेनामा भर्ना भएका ३४ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

मृतक परिवारले भने यो संख्या धेरै भएको बताउँछन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...