News Portal

आगोको सानो फिलुगोंले सत्ता पल्टियो

कमला थापा
६२४ पटक

बंगलादेश स्वतन्त्र हुदां मरेका ब्यक्तिका परिवारलाई आजिवन आरक्षणको ब्यबस्था गरेको र त्यो हुनुहुदैन सबैलाई समान हुनुपर्छ अन्यथा आरक्षणको दुरुपयोग गरेर प्रधानमन्त्री शेख हसिना बाजेदले आफ्ना पार्टीका अधिकांश ब्यक्तिहरु र आफ्ना समर्थकहरुलाई मात्र आरक्षणको ब्यबस्था गरेको खारेजको माग गर्दै आफ्नै पार्टिका भातृ संस्थाहरुले १ महिना अगाडीबाट सुरु गरेको आन्दोलनले बिकराल रुप लिंदै मात्र डेढ महिनामा सत्ता पल्टियो ।

बगंलादेशमा बेरोजगारको समस्या २०/३० प्रतिशतले बृद्धि भएको थियो। बेरोजगार यूवाहरुको आक्रोश बढदै जांदा र जनआक्रोशले सिमा नाघिसकेको थियो। तर प्रधानमन्त्री शेख हसिनाको प्रतिपक्ष र जनतालाई दवायरै जाने प्रबृद्विले गर्दा बढदै गएको जन-आक्रोशले उनको शय्या मात्र गएन उनको बुबा शेख मुहजिव रहेमानको प्रतिष्ठा जस्लाई बंगलादेशका पिता, जनक भनिन्थ्यो जस्ले बंगलादेश स्वतन्त्र बनायो। त्यस्तो महांन ब्यक्तित्वको समेत नाम निसाना समाप्त गर्ने काम भयो। शत्ताको उन्मादले मानिसलाई कहां पुर्याउदो रहेछ ? भन्ने त्यो ज्वलन्त उदाहरण हो।

श्रीलंकामा जे भएको थियो आखिर बंगलादेशको पनि त्यहि हबिगत भयो। त्यो घटना नेपालमा पहिला आउछ भन्ने आकंलन सबैको थियो। तर बंगलादेशमा हुन पुग्यो। शेख हसिनाले बंगलादेशमा राम्रो काम नगरेको पनि भन्न सकिँदैन आज भन्दा २५ बर्ष अगाडिको तुलनामा धेरै बिकाश भयको देखिन्छ।

१९७१ मा पाकिस्तानसंग छुट्टिएको बंगलादेशको भारतसंगको ५०/५२ बर्ष पुरानो सिमा बिवाद मिलाएको पनि हो। तर बेरोजगार समस्या चरम सिमामा बढ्दै जानु, केवल आफन्त र आफ्नै नजिकका समर्थकहरुलाई मात्र भरणक्षपोषण गर्नु, बढदो यूवा बेरोजगार, यूवाले बिदेशीनु परेको जन-आक्रोशका कारण बंगलादेशले यति ठुलो हबिगत ब्यहोर्नु पर्यो। आर्थिक अबस्थाले श्रीलंकाको सत्ता पल्टियो भने बंगलादेशले आर्थिक, सामाजिक, जातिय सांस्कृतिक र अदालतको अबज्ञा, प्रतिपक्षलाई दवाएरै जाने प्रबृति, निर्वाचनमा एकलौटी गर्ने निरंकुश शैलिले गर्दा प्रधानमन्त्री शेख हसिनाले देशै छाडेर ज्यान बचाएर भाग्नु पर्यो। पश्चिमा र अमेरिकाले भिसा खारेज गरिदियो भने, बेलायतले आनाकानि गरिरहेको छ।

नेपालका पार्टिहरुको शैली त्यो भन्दा १०० औं गुणा बढी छ। भ्रष्टाचार, माफिया, तस्करी, नागरिक बचबिखन, सरकारी जग्गा हिनामिना गर्नु। सत्तामा पुग्न, भ्रष्टचार दवाउन जेलजानबाट बच्न, आधारातमा जो- जस्तासंग गठजोड गर्न पुग्ने पार्टिहरुले यो स्वर्ग जस्तो देश तहस नहस बनाई सके। जनताको समस्या, महंगी, अनियन्त्रित बजारभाउ, बेरोजगार समस्या, यूवा पलायन, नेपाली जनता लखेट्ने बिदेशी नागरिकले देश भर्ने निति नेपालका पार्टिहरु र जुनसुकै सरकार आएपनि जनता मार्ने, गरेकोले अब श्रीलंका र बंगलादेशको हालत नेपालमा छिटै आउनुपर्छ। यो अबस्था नेपालका पार्टिहरु आफै निम्त्याउदै छन्। अब धेरै टाढा छैन, फुलवारी मार्ग हुँदै भित्रीने पूर्विय क्षेत्र झापा हुदै काठमाण्डौ भित्रिने छ। त्यो अबस्थामा भ्रष्टहरुले कुनै देशमा शरण पाउने अबस्था नरहन सक्छ।

देशको परम्परागत शक्तिलाई निषेध गर्दै देशै सिध्याउने, बिदेशी हस्तक्षेप बढाउने निति जो पार्टिहरुले अगिंकार गरेका छन्। त्यस्को एक,एक हिसाव अब जनताले लिने दिन टाढा छैन। त्यतिबेला आफ्नै पार्टिका कार्यकर्ताहरुले पनि साथ नछोडलान् भन्न सकिन्न जस्ले आफ्नै कार्यकर्ताहरुलाई त न्याय गरेको छैन। नेपाली कांग्रेस जस्तो पार्टिले निर्वाचनको लागि लियको ऋण आजसम्म तिरेको छैन यतिसम्म अन्याई र भ्रष्ट कोहि हुन‌सक्छ ? अहिलेको सरकार त्यही गठजोड हो। भ्रष्टाचारी, नक्कली भुटानी शरणार्थि बेचुवा र गिरिबन्धु प्रकरणका मतियारहरुको गठजोडको अन्त जतिसक्दो चाडो हुन ढिलो नगरौं। अत्याचारले सिमा नाघि सक्यो। पशुपतिनाथले यो देशको रक्षा गरुन।
जय नेपाल।

प्रतिकृया दिनुहोस्

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...