News Portal

इरानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

हिमालीसंचार संवाददाता
५८६ पटक

काठमाडौं। घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा पुगेको छ। नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो।

यससँगै नेपालले यसअघि भोगेको हारको बदला पनि लिन सफल भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको दोस्रो सेमिफाइनल भिडन्तमा नेपालले इरानलाई ३-० को सोझो सेटमा हरायो।

नेपालले इरानविरुद्ध पहिलो सेटमा २५-२१, दोस्रोमा २८-२६ र तेस्रोमा २५-२० को जित निकालेको हो।

पहिलो सेटमा नेपाल १-४ ले पछि परिसके अवस्थामा लगातार चार अंक जोड्दै लयमा फर्कियो। त्यसपछि इरानले नेपाललाई रोक्न असफल भयो।

कुनैबेला खेल १०-८ को अवस्थामा हुँदा इरानले लगातार अंक गुमाउँदा पहिलो सेट २५-२१ ले नेपालको पक्षमा गयो। प्रतिस्पर्धात्मक दोस्रो सेटमा नेपालले १५-१० को अग्रता लिएको थियो।

लगतार अंक गुमाएपछि खेललाई इरानले रोमाञ्चक बनायो। उसले लयमा फर्किएर खेललाई १९-१८, २९-१९ हुँदै अन्तिमसम्म रोचक बनायो।

इरानले खेलमा फर्किएर लगतार अंक जोड्न सफल हुँदा खेल २२-२४ मा पुग्यो। अन्तिममा नेपालले दुई सेट जोगाउँदा खेल २८-२६ ले जित्यो।

नेपालले तेस्रो सेटमा पनि लय समात्दा सोझो जित सम्भव भयो। ११-१४ को स्थितिमा रहेको अवस्थामा नेपालले लगतार अंक जोडेर १३-१४ मा पुर्‍याएको थियो।

कडा प्रतिस्पर्धा देखिएको तेस्रो सेटमा खेल १५-१५, १६-१६, १७-१७ र १९-१८ को अवस्थमा पुग्यो। नेपालले लगालग अंक थपेर इरानलाई पछि पारेको थियो।

त्यसबीचमा इरानले केबल २ अंक जोडेको थियो। उता नेपालले ६ अंक जोड्दै तेस्रो सेट २५-२० ले जितेर फाइनल यात्रा पक्का गर्‍यो। नेपाल दोस्रो र इरान तेस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेका थिए।

लिगचरणमा नेपालले इरानसँग ३-२ को सेटमा हार बेहोरेको थियो। त्यो बदला लिन नेपाल सफल भएको छ। यसअघि समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेर इरानसँगको भेट पक्का गरेको थियो।

नेपालले यसअघि समूह चरणको पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो। दोस्रो खेलमा उपाधि दाबेदार भारतलाई ३–२ ले हराउँदै नेपालले सेमिफाइनल यात्रा तय गरेको थियो।

आइतबार भएको तेस्रो खेलमा नेपाल इरानसँग ३–२ ले पराजित भयो। सोमबार लिगचरणको अन्तिम खेलमा नेपालले अंकविहीन माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...