News Portal

विदेश गएको तीन महिनामै सडक दुर्घटनामा मृत्यु

प्रेम सुनार
५४७ पटक

गुल्मी। गुल्मीका एक युवा विवाह गरेको ९ महिनामै वैदेशिक रोजगारीका लागि दुबई हिंडे। दुबईमा कमाएर घरमा पैसा पठाउने बेला आउंदै गर्दा भने उनको मृत्यु भएको छ।

रेसुङ्गा नगरपालिका-१२ का २६ बर्षीय युवा अनिल बिकको बैदेशिक रोजगारका लागि दुबई पुगेको तीन महिना नपुग्दै यहि साउन १० गते सडक दुर्घटनामा परी ज्यान गएको छ।

उर्लेनी लामिचौर टोलका बिकले धुर्कोट गाउँपालिका २ जुुम्लादी गाउँकी २४ बर्षीया सरस्वता बिकसंग अघिल्लो बर्षको असार महिनामा प्रेम विवाह गरेका थिए।

बिक विवाहको ९ महिना पछि गत बैशाख २२ गते विदेश उडनका लागि घरबाट हिडेका थिए। सुकुम्वासी परिबारका बिक चरम गरिवीबाट आक्रान्त हुँदै धन कमाएर सुखी जिवन जिउने सपना श्रीमतिसंग बाँड्दै बिदेश उडेका थिए।

विदेश पुगेर पनि उनले फोनमा श्रीमतिलाई अब चिन्ता गर्ने दिन गए भन्दै हौसला दिन्थे। अनिल जन्मेको पाँच महिना पछि बाबुको घर नजिकैको भिरमा लडेर मृत्यु भएको थियो। त्यसको दुई तिन बर्ष पछि आमाको पनि मृत्यु भए पछि उनी बेसहारा भएर बिचल्लीमा परेका थिए। पाँच भाई मध्ये अनिल कान्छा थिए। घरमा एक्लै परेका अनिललाई उनका जेठा दाजु यमबहादुर बिक र भाउजुले हुर्काएका थिए।

गाउमा मजदुरी गर्दै हुकेको अनिल पछि ट्याक्टर चालक बनेका थिए। बिबाहपछि ऋण काढेर भएपनि विदेश जाने योजना बनाएका उनको मृत्युको खबर सुने पछि श्रीमति सरस्वता एक सातासम्म अर्धचेत भइन। पतिको यादमा धेरैबेरसम्म अचेत हुन्छिन्। यसो जागेपछि पतिलाई पुकार्दै भक्कानो छाड्छिन्।

विवाहको एक बर्ष नपुग्दै सिन्दुर पुछिनु परेको यस घटनाबाट गाउँवासीहरुले पनि आँशु थाम्न सकेका छैनन्। विवाह गरेको असार महिनामा ठिक एक बर्ष पुगेको छ। एक बर्ष अघिको असार महिनाको विवाह सम्वन्धको तस्वीर संगै भएपनि अब सरस्वताको भौतिक शरिरको जोडी टुटेको छ।

दुखद घटनाको हप्ता पुग्दा पनि रेसुङ्गा नगरपालिकाका कुनै पनि जनप्रतिनिधी परिवारलाई सहानुभुति दिन समेत दिन नपुग्नु दुखद पक्ष बनेको गाउंलेहरु बताउंछन्। अनिलको शव विदेशबाट झिकाउनका लागि यहाँका जनप्रतिनिधीहरुले पहल गरी दिन परिवारको आग्रह छ।

तल उर्लेनी बजारदेखि उनिहरुको गाउँसम्म पुग्ने मोटरबाटो त परै जाओस हिंडने बाटाको अबस्था समेत बेहाल छ। उर्लेनी आसपासको दलित वस्ती नगरपालिकाको विकट कर्णाली बन्दै आएको छ।

सदरमुकाम नजिकैको दलित वस्ती बर्षौंदेखि बत्तिमुनीको अँध्यारो बन्दै आउँदा पनि नगरपालिकाको ध्यान पुग्न सकेको छैन। मृतक अनिल बिकका परिवारजन झै थुप्रै दलितहरु कोही सुकुम्वासी त कोही तिन महिना खाना नपुग्ने जमिन भएकाहरु छन।

उनिहरुलाई हरेक चुनावमा चामल लगायतको खाद्यान्न र पेय पदार्थ बांड्ने र आश्वासनको बिस्कुन सुकाई दिने गरिन्छ तर चुनाव जितेपछि उनीहरुलाई गाउंमा वा जिल्लामा रोगारी दिने र जिवनस्तर माथी उठाउन कुनै प्रयास नगरिंदा अनिल जस्ता युवाले विदेशमा ज्यान गुमाउनु परेको गाउंलेहरुको गुनासो छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...