News Portal

रोल्पामा पहिरोमा परी एकै घरका २ जनाको मृत्यु

नवीन लोचन मगर
३९३ पटक

रोल्पा। रोल्पामा पहिरोमा परी एकै घरका दुई जनाको मृत्यु भएको छ।

जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ४ सिउरी कामीडाँडाका ६५ वर्षीया वसुना सुनार र उनकी नातिनी चार वर्षीया माया सुनारको मृत्यु भएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए।

गएराति करिब ४ बजेतिर पहिरोमा देउसिंह कामीको १ तले कच्ची घर पहिरोमा पुरिएको खबर पाएलगत्तै प्रहरी चौकी सिउरीबाट प्रहरी सहायक निरीक्षक केशरबहादुर थापाको नेतृत्वमा ४ जनाको प्रहरी टोली त्यहाँ पुगेको थियो।

लगातारको वर्षा र पहिरो झरिरहेका कारण उद्धारमा समस्या परेको प्रहरीको भनाइ छ।

पुरिएको घरबाट शनिबार बिहान दुईजनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। देउसिंह कामी र उनको पत्नी पनि उक्त दिन घरमा नभएको बुझिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...