News Portal

रोल्पामा पहिरोमा परी एकै घरका २ जनाको मृत्यु

नवीन लोचन मगर
४१८ पटक

रोल्पा। रोल्पामा पहिरोमा परी एकै घरका दुई जनाको मृत्यु भएको छ।

जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ४ सिउरी कामीडाँडाका ६५ वर्षीया वसुना सुनार र उनकी नातिनी चार वर्षीया माया सुनारको मृत्यु भएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए।

गएराति करिब ४ बजेतिर पहिरोमा देउसिंह कामीको १ तले कच्ची घर पहिरोमा पुरिएको खबर पाएलगत्तै प्रहरी चौकी सिउरीबाट प्रहरी सहायक निरीक्षक केशरबहादुर थापाको नेतृत्वमा ४ जनाको प्रहरी टोली त्यहाँ पुगेको थियो।

लगातारको वर्षा र पहिरो झरिरहेका कारण उद्धारमा समस्या परेको प्रहरीको भनाइ छ।

पुरिएको घरबाट शनिबार बिहान दुईजनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। देउसिंह कामी र उनको पत्नी पनि उक्त दिन घरमा नभएको बुझिएको छ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...