News Portal

मलेसिया पुगेका ४ नेपाली बेपत्ता

योगेन्द्र योगी
४०४ पटक

मलेसिया। रोजगारीका लागि मलेसिया पुगेका ४ नेपाली बेपत्ता भएका छन्। विभिन्न समयमा मलेसिया पुगेका चार जना नेपाली युवा सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन क्वालालम्पुरस्थित नेपाली दूतावासले अनुरोध छ।

दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघसंस्थालाई आग्रह गर्ने गरेको छ।

पछिल्लो समय लमजुङका कृष्ण घर्तीमगर, धादिङको गंगाजमुना गाउँपालिका–५ का रमेश थापा, पाटन नगरपालिका–४ बैतडीका जीतबहादुर चन्द र इलामको फाकफोकथुम गाउँपालिका–१ स्थायी घर भएका डिसन लिम्बु बेपत्ता भएको भन्दै खोजी गर्न दूतावासले अनुरोध गरेको हो।

लमजुङका मगर विगत लामो समयदेखि घरपरिवारको समपर्कमा नरहेको भन्दै परिवारले दूतावासमार्फत खोजी गरिदिन अनुरोध गरेको छ।

यस्तै, धादिङका थापा पनि ३० चैत २०७२ मा मलेसियाको रिलायन्स सेक्युरेटी कम्पनीमा गएको र मलेसिया पुगेदेखि नै सम्पर्कविहीन भएको परिवारले जनाएको छ।

यसैगरी, बैतडीका चन्द मलेसियाको एसडब्लूएम इन्भाइरोमेन्टल कम्पनीमा काम गर्दै गरेकामा २५ असारबाट सँगै काम गर्ने साथीभाइ तथा परिवारसँग सम्पर्कविहीन भएकाले खोजी गरिदिन दूतावासले अनुरोध गरेको छ।

यस्तै, इलामका लिम्बु मलेसियाको चुन स्वी लुङ फार्म कम्पनीमा श्रम गर्न गएको वर्ष दिन नपुग्दै ११ कात्तिक २०८० बाट परिवार, साथीभाइ र कम्पनीसँग सम्पर्कविहीन भएकाले उनलाई कसैले देखेमा दूतावासको हटलाइन ०१६२४७२७७७ मा सम्पर्क गरी जानकारी दिन अनुरोध गरिएको छ।

मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेको र त्यस्ता नेपाली परिवारको सम्पर्कमा आउन नसक्ने भएकाले पनि खोजी गरीदिन कल आउने गरेको दूतावासले जनाएको छ।

साथै, कुनै पनि कानुनको उल्लंघन नगर्न र कुनै करणवश त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको जनाइएको छ।

मलेसिया पुगेर विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट मलेसियामा नेपाली कामदार हराएका हुन्।

परिवारको सम्पर्कबाहिर रहेका आप्रवासी नेपाली कामदारको अवस्था पत्ता लगाउन सम्बन्धित मुलुकमा रहेको सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय हुने गरेको भएपनि सो प्रभावकारी हुन नसकेको सरोकारवालाहरू बताउँछन्।

वैदेशिक रोजगारीमा रहेर परिवारको सम्पर्क बाहिर पुगेका आप्रवासी कामदारलाई गन्तव्य मुलुकमा रहेको नेपाली दूतावास, कन्सुलर सेवा विभागमार्फत खोजीकार्य हुने गरेको छ।

विदेशी भूमिमा हराइरहेका कामदारका हकमा पर्याप्त विवरण नहुँदा खोजी कार्यमा चुनौती हुने गरेको छ।

यस्तै, कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठ्यारो हुने गरेको दूतावासको भनाइ छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...