News Portal

बाढीपहिरोबाट नेपालका बालबालिका अत्यन्त जोखिममा : युनिसेफ

हिमालीसंचार संवाददाता
५२१ पटक

तस्वीर : पुष्पराज जोशी

काठमाडौं। संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले नेपालसहित दक्षिण एसियाली मुलुकमा भारी वर्षासँगै आएको बाढी-पहिरोमा परी बालबालिका र किशोरकिशोरीहरु प्रभावित भएको भन्दै चिन्ता व्यक्त गरेको छ।

युनिसेफका अनुसार यस्ता प्राकृतिक प्रकोपबाट ६० लाख बालबालिका प्रभावित भएको अनुमान छ। मनसुन सुरु भएसँगै नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा वर्षा, बाढी र पहिरोले विपत्ती निम्त्याएको छ।

युनिसेफले विज्ञप्ति जारी गरी भनेको छ, ‘हामी यी देशहरुमा ६० लाखभन्दा बढी बालबालिका र तिनीहरुको परिवारको सुरक्षा र रहन-सहनलाई लिएर चिन्तित छौं, जसको घर छैन, जो विस्थापित भएका छन् र बाँच्नका लागि संघर्ष गरिरहेका छन्।’

युनिसेफका अनुसार वर्षातको समयमा बाढी र डुबानबाट बालबालिकाको स्वास्थ्यमा गम्भीर जोखिम सिर्जना गर्दछ। बाढी र पहिरोका कारण स्वच्छ खानेपानीको आपूर्ति प्रभावित भएको छ।

दूषित पानीका कारण झाडापखाला लगायत अनेकौं प्रकारका रोग फैलिने डर हुन्छ। उनीहरुले समयमा उपचार नपाएमा बालबालिकाहरुमा पानीको कमी र कुपोषण हुन्छ।

युनिसेफका अनुसार जलवायु परिवर्तनका कारण अत्यन्त गम्भीर मौसमी घटनाहरु भइरहेका छन्, जसबाट बालबालिकाको जिन्दगी नै बदलिएको छ।

युनिसेफको बाल जलवायु जोखिम सूचकांकका अनुसार नेपालभन्दा बढी अफगानिस्तान, बंगलादेश, भारत र पाकिस्तानका बालबालिकाहरुले जलवायु परिवर्तनबाट सिर्जित विपत्तीको सामना गरिरहेका छन्।

उसले पूरै दक्षिण एसियामा बालबालिकाको सुरक्षाका लागि विपद्को पूर्व तयारी र जलवायु अनुकूलन कार्यक्रम अझ मजबुत बनाउन ९३ लाख डलर खर्च गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिलसेमत गरेको छ।

युनिसेफले नेपालमा बाढी र पहिरोका कारण कम्तिमा १०९ जनाको मृत्यु भएको र त्यसमा ३५ जना बालबालिकाहरु रहेको तथ्यांक सार्वजनिक गरेको छ। कयौं घाइते भएका र कम्तिमा १ हजार ५८० परिवार प्रभावित भएका युनिसेफको तथ्यांक छ।

युनिसेफले भनेको छ, ‘हामी प्रभावित बालबालिका र तिनका परिवारको सहायताका लागि नेपाल सरकार र साझेदारहरुसँग मिलेर काम गरिरहेका छौं।’ नेपालका १ हजार ८१० बालबालिकासहित ४ हजार ५४० जनासम्म युनिसेफ पुगेको र उनीहरुलाई अस्थायी आवास, भाँडाबर्तन, पानी शुद्ध पार्ने औषधि, झुल र मनोपरामर्श सेवा प्रदान गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...