News Portal

पत्रकारमाथि हातपात गर्ने ५ जना पक्राउ

हिमालीसंचार संवाददाता
४१६ पटक

पोखरा। पोखरामा पत्रकारमाथि हातपात गरेको आरोपमा ५ जना पक्राउ परेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको आयोजनामा आइतबार भएको सवारीसाधन बन्द गरेको विषयमा रिपोर्टिङको क्रममा खटिएका दुई पत्रकारलाई हातपात गर्ने ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा-९, शान्तिवनका ट्याक्सी चालक ४१ वर्षीय सूर्यबहादुर नेपाली, मजदुर ३३ वर्षीय बुद्धिबहादुर बयलकोटी, पोखरा लामाचौरका सहचालक १६ वर्षीय किशोर, लमजुङ घर भई पोखरा बस्ने ट्याक्सी चालक २८ वर्षीय सन्तोष बस्नेत र स्याङ्जा घर भई पोखरा घारीपाटन बस्ने २५ वर्षीय टंकबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

उनीहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...