News Portal

युवाहरुको रोजाइमा मलेसिया र खाडी राष्ट्र

हिमालीसंचार संवाददाता
२९५ पटक

काठमाडौं। वैदेशिक रोजगारीमा जाने युवाहरुले मलेसिया र खाडी राष्ट्र नै पहिलो प्राथमिकतामा राखेको पाइएको छ।

मलेसिया र खाडीका मुलुकहरूका अतिरिक्त माल्टा, सिगापुर, दक्षिण कोरिया, जापान, इजरायल र बेलायतलगायतका मुलुकहरूका लागि श्रम स्वीकृतिको व्यवस्था भएपनि युवाहरुले खाडीलाई पहिलो प्राथमिकतामा राखेको तथ्यांकले देखाएको छ।

वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०८०–८१ मा विदेश जानका लागि कुल ७ लाख ४१ हजार २ सय ९७ वटा श्रम स्वीकृति वितरण गरेको जनाएको छ।

रहरले भन्दा पनि बाध्यताका कारण मलेसिया र खाडी राष्ट्रमा काम गर्न जानुपर्ने बाध्यताका कारण ती मुलुकमा जान श्रम स्वीकृति लिनेको संख्या उच्च देखिएको विभागले जनाएको हो।

वितरण गरिएको श्रम स्वीकृतिमध्ये करिब ८० प्रतिशतभन्दा बढी मलेसिया र खाडीका छवटा राष्ट्र साउदी अरेबिया, संयुक्त अरब इमिरेटस (यूएई), कतार, कुवेत, ओमान र बहराइनमा काम गर्न दिइएको विभागले जनाएको छ।

मलेसियाका लागि १ लाख ३ हजार ४ सय ४२ जना जसमा पुरुष १ लाख १ हजार र महिला २ हजार ४ सय ४२०, साउदीका लागि १ लाख ४१ हजार ५ सय दुईमध्ये पुरुष १ लाख ४० हजार ६ सय ६६ र महिला ८ सय ३६०, यूएईका लागि १ लाख ९३ हजार ४ सय ३८ जना जसमा पुरुष १ लाख ६६ हजार ४ र महिला २७ हजार ४ सय ३४०, कतारका लागि १ लाख ३४ हजार ६ सय ६९ जना, जसमा पुरुष १ लाख २३ हजार ८ सय ५४ र महिला १० हजार ८ सय १५०, कुवेतका लागि ४० हजार ३ सय ६८ जसमा पुरुष ३० हजार २ सय ९३ र महिला १० हजार ७५०, ओमनाका लागि ५ हजार ९ सय १० जसमा पुरुष ४ हजार ६ सय ७ र महिला १ हजार ३ सय ३ र बहराइनका लागि ९ हजार ८ सय ६ जनामध्ये पुरुष ८ हजार ६ सय ५४ र महिला १ हजार १ सय ५२ श्रम स्वीकृति वितरण गरिएको छ।

समीक्षा अवधिमा सबैभन्दा बढी संस्थागत, पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति वितरण गरिएको छ।

विदेश जानेमध्ये २ लाख ८१ हजार १९५ भने बिदामा नेपाल आएर पुनः श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...