News Portal

प्रधानमन्त्री प्रचण्डको मार्मिक गुनासो

कमला थापा
६९२ पटक

प्रधानमन्त्री प्रचण्डजीले बुद्धिजीवीहरुको एक कार्यक्रमलाई सम्बोधन गर्दै मार्मिक गुनासो ब्यक्त गर्नुभयो। “नयाँ आएका पार्रटिहरुले पुराना पार्टिहरुलाई निकै अपमान गर्ने गरेको” आफ्नै जन्म दिने आमाबुबालाई हेपेर अपमान गरेको, हकारेको जस्तो ब्यबहार गरेको भन्ने दुखेसो पोख्नु भयो।

पुराना पार्टिहरुले देशको लागि दिएको योगदान, बलिदान र ठूल्ठूला परिवर्तनका संम्बाहक पार्टिहरुलाई तपाईहरुको योगदान र परिश्रमले आज हामी पनि यहाँसम्म आई पुग्यौं। राजनिति गर्न पायौं भनेर सम्मान गर्नु पर्ने ठांउमा उल्टै अपमानको बर्षात गरेको भन्दै आइन्दा यस्तो नगर्न चेतावनी समेत दिनु भएको छ। नेपाली समाज संस्कारयूक्त समाज हो। संस्कार भएका घरका छोराछोरीहरुले बाबुआमालाई असभ्य तरिकाले ठूलो स्वरमा त बोल्दैनन् भने हकार्ने कुरा त के हो ? कतै तपाई आफ्नै अनुभव त बोल्नु भएको हैन ?

प्रधानमन्त्रीले आज १०० प्रतिशत सत्य बोल्नु भयो। धेरैधेरै धन्यवाद छ। प्रचण्डज्यू जबदेखी तपाईहरुको जनयूद्ध सुरु भयो त्यो दिनदेखि देश, हाम्रो समाजमा अनुशासन, सामाजिक मर्यादा भन्ने कुरा समाप्त हुंदै गएको छ। आज समाज अराजक, मर्यादाहिन हुदै गयो। तपाईले त भर्खरै थाहापाउनु भएछ। समाजमा ठूलो हिस्सामा रहेको प्रतिष्ठित वर्गहरुले पहिलेदेखि नै यो अपमानको बिष पिउदै आएका छन्। आज तपाईलाई पर्यो दुख लाग्यो। अरुलाई तपाईहरुले गरेको अपमानले कति चोट पुर्याएको होला एक पटक फर्केर सम्झनु होस त।

“न्यूरोडको फुटपाथ बढाउन नदिने बजारमा फुटपाथ ठूलो हुनुपर्छ की, सडक ? सडक ठूलो बनाउनुपर्ने ठांउमा त ध्यान जाँदैन। मुग्लिनदेखी नेपालगंज, पूर्व पश्चिमी राजमार्गको हालत कस्तो छ ? त्यता त राज्यको ध्यान जान्दैन। किनकी तपाईहरुलाई हवाई मार्ग भए पुग्छ। जनता हिड्ने सडकको के वास्ता। सडकको दुराबस्थाका कारण दैनिक दुर्घटनामा ज्यान गुमाउनुपरेका हजारौं जनता प्रति तपाईहरुको कहिले ध्यान गएको छ ? काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहसंग जोरिखोज्न तिन पटक प्रधानमन्त्री भैसकेको नेतालाई सुहाउछ ?”

गणतन्त्रका नाममा ३ सय बर्षको इतिहांस भएको देश, पृथ्विनारायण शाहको बडा कष्टले आर्जेको मूलुक, नेपाल र नेपालीको गौरवमय ईतिहांस मेटने काम कस्ले गर्यो ? तपाईहरुले हैन ? अझै राजालाई गालि गर्नु पर्यो भने न्वारनदेखिको बल तपाईहरुनै निकाल्नु हुन्छ। यो देश तपाईहरुको भूई फुट्टा राजनितिले आर्जेको होईन! यो देश शाह वंशको धरोहर हो। जस्लाई बाहिर राखेर देश सुरक्षित हुन सक्दैन। यसरी नेपालीको सम्मानमा चोट पुर्याउने काम कस्ले गर्यो ? तपाईको जनयूद्वले होईन ? अहिले आफ्नो मान खोज्नुहुन्छ ? प्रधानमन्त्रीज्यू मान खोज्नेले सर्वप्रथम मान्यजनको सम्मान गर्न जान्नुपर्छ। अन्यथा तपाईहरुले सम्मान खोज्नुको कुनै अधिकार रहन्छन्। आफ्नो मान खोज्नेले अरुको सम्मान गर्न जान्नुपर्छ।

रास्वपाका एक मन्त्रीले राजिनामा खल्तिमा हालेर हिडेको आफु कुनै पनि बेला राजिनामा दिन सक्ने भन्ने कुराले तर्साएको, अपमान भयको भन्न खोज्नुभएको होला। न आत्तिनुहोस सत्ता छोडेको भोलिपल्ट जेल जानुपर्छ। किन छोड्थे ? यस्तै सर्वसत्तावादी चरित्र बोकिरहनु भयो भने तपाईहरुलाई बाहिर पाटो लगाउने छन्। त्यो घुर्क्याई मात्र हो। तपाई दुई कम्निस्ट नेताहरु हैन रास्वपा अध्यक्षको कुनै ठगी मुद्धा छैन। कहि उजुरी परेको देखिएन प्रमाण भेटिदैन भन्दै जोगाउने।

एमाले नेता केपी ओलीजीलाई यो सरकारमा के चित्त बुझेन ? आफैले बनाएको मन्त्रीको हुर्मत लिने काम गर्दै, विदेशीसंग विवाह गरेर गरेकी चेली माईत घुम्न आएको मन्त्री भैछ। भन्दै अपमान गर्दै हुनुहुन्छ। नेताज्यूले उहां मात्र देख्नु भयो ? आफ्नै पार्टि भित्र, नेपाली कांग्रेस भित्र र सबैभन्दा बढि माओवादी भित्र भएको देख्नु भएन ? पहिला सांसद, दुईदुई पटक उप-महानगरपालिकाको प्रमुख को छ ? तिन पटक प्रधानमन्त्री भैसकेको ब्यक्ति महानगरका प्रमुखसंग जोरी खोज्न जाने, ०४८ देखी सडकका रेलिङग भाच्दै आएको सिप अझै बांकी रहेछ।

न्यूरोडको फुटपाथ बढाउन नदिने बजारमा फुटपाथ ठूलो हुनुपर्छ की, सडक ? सडक ठूलो बनाउनुपर्ने ठांउमा त ध्यान जाँदैन। मुग्लिनदेखी नेपालगंज, पूर्व पश्चिमी राजमार्गको हालत कस्तो छ ? त्यता त राज्यको ध्यान जान्दैन। किनकी तपाईहरुलाई हवाई मार्ग भए पुग्छ। जनता हिड्ने सडकको के वास्ता। सडकको दुराबस्थाका कारण दैनिक दुर्घटनामा ज्यान गुमाउनुपरेका हजारौं जनता प्रति तपाईहरुको कहिले ध्यान गएको छ ? काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहसंग जोरिखोज्न तिन पटक प्रधानमन्त्री भैसकेको नेतालाई सुहाउछ ?

नेपालको राजनितीमा विदेशीसंग विवाह गर्ने छोरी मात्र किन ? विदेशी ज्वाईँ राजाहरुको सांसद, मन्त्री मण्डलमा पहुँच भएको के आज मात्र हो ? उनिहरु विना नेताहरुको मुखमा “माड” लाग्छ ? देश त्यसै कमजोर भएको छ ? नेताहरुलाई सरम हुनुपर्दैन ? देशको अस्मिता यसरी कमजोर भएको छ।

राजनितिक बजारमा अहिले अझै सुनिदै छ। गृहमन्त्रीलाई अहिले भ्रष्टाचारको फाईल नखोल्ने तपाईको सहकारी ठगी मुद्धाको छानबिन रोकौंला, भ्रष्टाचारका मुद्धा सबै मिलाउनुपर्छ। त्यस्को लागि छिट्टै कांग्रेस, माओवादी र रास्वपाको सरकार बनाउनुपर्छ, भन्दै, गृहमन्त्रीलाई थुमथुमाउने काम दुई नेताले गरेको कुरा बाहिर आएको छ। त्यसैको जवाफमा गृहमन्त्रीले आफुले राम्रो काम गर्न नसके पनि नराम्रो नगरेको भन्ने अभिब्यक्ति दिएका हुन्। कति रमाईलो, सबै भ्रष्टैभ्रष्टहरु भएका पार्टिहरुमा कस्ले कस्लाई कारवाही गर्ने ? यहाँ सबै विदेशीका पृष्ठपोषक तत्वहरूको झुण्डले देश रित्याउने बाहेक अरु केही हुनेवाला छैन। श्री पशुपतिनाथले देशको रक्षा गरुन।
जय नेपाल।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...