News Portal

  • कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    कमला थापा
    ३३९ पटक

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको ध्यानाकर्षण भएको छ। राजनितीमा सबै भन्दा महत्वपुर्ण कुरा भनेको ईमान्दारिता हो। यदि ईमान्दारिता नहुने हो भने त्यस्तो राजनितिलाई, राजनीति भनिदैन त्यो अराजक शैली र धर्म सकिएको भनिन्छ। त्यस्ता ब्यक्तिहरुको झुण्ड बढदै जाने हो भने हाम्रो गौरवपूर्ण ईतिहास मेटिन धेरै बेर लाग्दैन। बेलैमा सोचियोस।

    इलामको चुनावी भाषणमा बोलेको कुरा आज सामाजिक संजाल भरिएको छ। डेढ बर्ष प्रधानमन्त्री बनाउने यो पत्रमा सही गर ज्ञारेन्टि दिन्छु भनेरै। त्यो लिखितमा आफुले हस्ताक्षर नगरेको, उक्त पत्र आफुसंग सुरक्षित भएको समय आएपछि देखाउने छु। आफुले त्यो कुरा अस्वूकार गरेको हुनाले कांग्रेसले संसदमा, संसदिय छानविन समितिको माग गरेको खुलासा गर्दै आफ्नो राजिनामा मागेकोसम्म भनेका छन्। कांग्रेस आफुदेखी धेरै डराएको हुनाले राजिनामा मागेको हो,आफु नडराउने भन्दै चुनौती दिएका छन्।

    “०७० सालको चुनावमा पनि भएको थियो। जब राप्रपा कमल थापाले दाई कांग्रेस र भाई कांग्रेसको नारा लिएर चुनाबमा गए प्रत्यक्ष निर्वाचनमा त एक सिट पनि जित्न सकेनन्। तर समानुपातिकमा भने २३ सिट ल्याउन सफल भएका थिए। सत्ता भन्दा बाहिर बस्नै नसक्ने चरित्र भएका ब्यक्ति प्रचण्ड सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका थिए। माओवादीको संगतले आफ्नो मौलिक सिद्धान्त छोडे, राजालाई गालि गर्नसम्म भ्याएकोले अहिले पश्चाताप गर्दैछन्।”

    यस बिषयमा के हो ? कांग्रेस नेतृत्वले अबिलम्ब जवाफ देवस सत्ताको लागि जस्ले जे मन लाग्यो त्यहीं गर्ने छुट कसैलाई पनि छैन। नेपाली कांग्रेसको नेतृत्व ८ लाख कार्यकर्ताको प्रतिनिधि मात्र हो। कार्यसमितिको निर्णय बिपरित, निर्णय गर्ने अधिकार नेतृत्वलाई पनि छैन। यस्ता आधारहिन बकवास कुरामा कांग्रेसका कार्यकर्ता बिश्वास गर्न सक्दैन। किनकी नेपाली कांग्रेसको नेतृत्व त्यति अपरिपक्व छैन। गृहमन्त्रीमा मरिहत्ते गर्नेले प्रधानमन्त्रीको प्रस्ताव आउदा छोड्ला ? त्यो पनि तपाई जस्ताले त्यसैले रवीजीलाई हाम्रो चुनौति छ। यदि तपाइँसंग नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पत्र छ भने तुरुन्त देखाउन हामी चुनौती दिन्छौ। ब्यक्ति कसैको कुरा पट्टी कांग्रेस बिश्वास गर्ने पार्टि हैन। हिम्मत भए देखाई हाल्नुहोस छ हिम्मत ? होईन भने पांडे गाली गर्न पाइन्न। तपाई जस्तो टुप्पाबाट पलाएको पार्टि कांग्रेस होईन। इलामको चुनावलाई प्रभाबित पार्न खोजिएको हो भने ईलाम नेपालको दोश्रो शिक्षित र बौद्धिक जिल्ला हो। कुनै नटवरलालहरुको चर्को भाषणमा झुल्किने जनता होईनन्। इलामको त्यो भाषण अहिले सामाजिक सञ्जालमा छ्याप छाप्ति हालिएको छ। यस्ले निर्वाचन आचारसंहिता उलंघन हुन्छ की हुदैन ? आधी गाग्रो धेरै छचल्कियो। तपाईको चुरिफुरी धेरै देखियो। गृहमन्त्रीको लागि हिरिक्क गर्नेले प्रधानमन्त्री छोड्ला ? कांग्रेसलाई पागल कुत्ताले टोकेको छ ? जनता झुक्याउन एकपटक संभव होला सधै होइन। ख्याल रहोस यस्ता खहरे खोला धेरै आए, गए।

    यस्तै घटना ०७० सालको चुनावमा पनि भएको थियो। जब राप्रपा कमल थापाले दाई कांग्रेस र भाई कांग्रेसको नारा लिएर चुनाबमा गए प्रत्यक्ष निर्वाचनमा त एक सिट पनि जित्न सकेनन्। तर समानुपातिकमा भने २३ सिट ल्याउन सफल भएका थिए। सत्ता भन्दा बाहिर बस्नै नसक्ने चरित्र भएका ब्यक्ति प्रचण्ड सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका थिए। माओवादीको संगतले आफ्नो मौलिक सिद्धान्त छोडे, राजालाई गालि गर्नसम्म भ्याएकोले अहिले पश्चाताप गर्दैछन्। रवीजी तपाईँले पनि “म” माओबादी बन्न सक्छु तर राजा समर्थक र हिन्दु धर्म, संस्कृति, सभ्यता मान्न तयार छैन भनेको शब्द कसैले बिर्सिएका छैनन्। तपाईको बुबा त पंचायतकालमा प्रधानपंन्च हुनुहुन्थ्यो रे हैन ? सुनेको हो।

    “नेपाली कांग्रेस विपी कोइरालाको आदर्शपूर्ण प्रजातान्त्रिक मार्गमा फर्किनु ढिलो नगरोस। हिजो ०४६ सालमा राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाहले बिदेशीसंग झुक्नु भन्दा बरु आफ्नै देशका जनतासंग झुक्छु भन्दै प्रजातन्त्र दिएको इतिहासलाई स्मरण गर्दै राजा ज्ञानेन्द्र शाहसंग पटकपटक गरिएका सहमती र लिखित सम्झौता कार्यान्वयन गरेर राष्ट्र बचाउन लागोस हैन सत्ताको खेलमा गन्दकीमै डुबिरहेको हो भने ०७८ को निर्वाचनमा जन्मिएका भन्दा पनि खतरनाक नजन्मेलान भन्ने छैन।”

    जस्ले आफ्नो स्वार्थका लागि नागरिक्तै त्यागेर बिदेशी हुन्छ। दुईटा पास्पोर्ट राख्छ। देशमा प्रजातन्त्रको लागि आन्दोलन हुदै गर्दा देशै त्याग्छ। स्वार्थ पुर्ति गर्न कोसैले खटाइएको ईसारामा देशलाई घात गर्न पछि पर्दैन उस्ले ठूला कुरा गरेको अलि सुहाउँदैन की ? पृथ्वीनारायण शाहको गौरवपूर्ण ईतिहास, उनैको अथक प्रयासले आर्जेको मूलुक उनैको वंशजलाई लल्कार्न सक्ने ब्यक्तिले के गर्न सक्दैन ? गरिव जनताले मजदुरी गरेर कमाएको पाईपाई पैसा सूर्यदर्शन सहकारीलगायत आधादर्जन सहकारी जहां तपाईको संम्लग्नता देखिएको प्रमाणहरू बाहिर आएका छन्। ८० अर्ब रुपैयाँ हिनामिना भएको खवर समाचार आइरहेको छ। अहिले तपाईलाई कांध‌ थापेर गृहमन्त्री बनाउने पाटनरहरुले २६ अर्ब खाएका खवर छन्। त्यस्तै अनेकन काण्ड दवाउन गृहमन्त्रीमा मरिहत्ते गरेको होईन ? त्यस्तै काण्ड दवाउन तपाईलाई मोहरा बनाएको नहोलान् भन्न सकिन्न। प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रचण्डले भनेकै छन नी आफु भएसम्म देशमा यस्ता उथलपुथल भैरहने भनेर। देश र जनतालाई घात गर्न सक्नेले के तपाइलाई ज्वाईं मानेझै मानिरहलान्, कति दिन ? कसरी भन्न‌ सकिन्छ होला गृहमन्त्रीज्यू ? सूर्यदर्शन सहकारीमा राखेको पैसा पाउन ग्राहकहरुले ल्पे कार्ड बोकेर‌ रुदै सडकमा छन्। के ति सबै झुट्टा हुन् ?

    त्यसैले नेपाली कांग्रेस विपी कोइरालाको आदर्शपूर्ण प्रजातान्त्रिक मार्गमा फर्किनु ढिलो नगरोस। हिजो ०४६ सालमा राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाहले बिदेशीसंग झुक्नु भन्दा बरु आफ्नै देशका जनतासंग झुक्छु भन्दै प्रजातन्त्र दिएको इतिहासलाई स्मरण गर्दै राजा ज्ञानेन्द्र शाहसंग पटकपटक गरिएका सहमती र लिखित सम्झौता कार्यान्वयन गरेर राष्ट्र बचाउन लागोस हैन सत्ताको खेलमा गन्दकीमै डुबिरहेको हो भने ०७८ को निर्वाचनमा जन्मिएका भन्दा पनि खतरनाक नजन्मेलान भन्ने छैन। ०८४ को निर्वाचनको लागि धेरै तयार‌ भैसकेका छन्। त्यो भन्दा पनि राज शक्ति अझै अगाडी बढिसकेको छ। देश जोगाउन जनताले राजसंस्थालाई अब बाहिर बस्न दिनेवाला छैनन्। समयमै नेपाली कांग्रेसको चेत खुलोस। पशुपतिनाथले सबैलाई सद्बुद्धि दिउन। जय नेपाल।

    (थापा नेपाली कांग्रेसको पूर्वसांसद समेत हुनुहुन्छ।)

    प्रतिकृया दिनुहोस्

    सोनी भण्डारीको “मनै भरिन्छ” सार्वजनिक (भिडियोसहित)

    युएई। युएईको नेपाली समुदायमा मनकारी व्यक्तित्व तथा सफल सामाजिक अभियन्ताका रूपमा परिचित ताप्लेजुङ सेवा समाज...

    अन्तत: कांग्रेसकै लाइनमा प्रचण्ड, छानबिन समिति बनाउने सहमती

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको छलफल सकिएको छ। प्रधानमन्त्रीको सरकारी...

    संखुवासभामा माछा मार्ने क्रममा छेम्बीको करेन्ट लागेर मृत्यु

    जेष्ठ-५, शनिबार/संखुवासभा – संखुवासभा चिचिला गाउँपालिका वडा नम्वर-२ स्थित कागुवा खोलामा करेन्ट लगाएर माछा मार्ने...

    दोस्रो अल्फा विटा ओपन बास्केटवलको उपाधि आइएसए नेपाल र इमोर्टल क्लबले जित्यो (फोटो फिचर)

    जेठ-४, शुक्रबार/धरान – धरान बास्केटवल संघ तथा धरान बास्केटवल संघको संयोजनमा आयोजित दास्रो अल्फा विटा...

    महानगरको शौदर्यकरणका लागि कुमारी बैंकद्वारा आर्थिक सहयोग

    जेष्ठ-४, शुक्रबार/मोरङ – विराटनगरमा रहेको  कुमारी बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ।  विराटनगर महानगरपालिका क्षेत्रभित्र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal