News Portal

तनहुँ सेवा समाज कुवेतको तेश्रो अधिवेशन आउँदो जुलाई १२ मा हुँदै

हिमालीसंचार संवाददाता
३५१ पटक
२०२४ अप्रिल १३ तारिख शनिवार

कुवेत सिटी। तनहुँ सेवा समाज कुवेतको तेश्रो अधिवेशन आउँदो जुलाई १२ तारिख शुक्रबारको दिन हुने भएको छ।

कुवेतमा सन् २००९ मा स्थापना भएको समाजले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसर पारेर साहित्य सम्बन्धि लेख, रचना र रामायण वाचनसहित तेश्रो अधिवेशन गरिने समाजले जानकारी दिएको छ।

कुवेतकाे फर्वानियास्थित पार्कमा सोम खत्रीको संयोजकत्वमा बसेको तदर्थ समितिको बैठकले उक्त निर्णय गरेको हो। समाजले सोम बहादुर खत्रीलाई अधिवेशन संयोजक तोक्दै तदर्थ समिति गठन गरी अधिवेशन समारोहको तयारी थालेको बताइएको छ। समाजले कार्यक्रम स्थल भने केही समय पश्चात् तय गरि जानकारी दिने जनाएको छ।

सोही दिन कुवेतमा क्रियाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका अध्यक्ष/प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी, व्यवसायी एवं बुद्धिजिवि र तनहुँबाट कुवेतमा आई कुवेतमा कार्यरत रहनुभएका सम्पूर्ण तनहुँवासी साथै नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई कार्यक्रममा उपस्थित भई शोभा बढाईदिनको निम्ति संयोजक सोम खत्रीले अनुरोध गरेका छन।

साथै सोही दिन उनले कुवेतमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुले कुनै पनि कार्यक्रम नजुधाईदिन पनि आग्रह गरेका छन।

कार्यक्रम हुने:-

मिति : १२ जुलाई २०२४ शुक्रवार
समय र स्थान : तय भई नसकेकाे
आयोजक : तनहुँ सेवा समाज, कुवेत।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...