News Portal

नागरिकता बिक्री प्रकरणः दुई अधिकृत पुर्पक्षमा, अर्का एककाे पनि पक्राउ पुर्जी जारी

हिमालीसंचार संवाददाता
५९१ पटक
२०८० चैत १७ गते

काभ्रेपलाञ्चोक। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका २ अधिकृतसहित थप एकजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

अदालतले सोही प्रकरणमा संलग्न अर्का एकजनालाई पक्राउ पुर्जी जारीको आदेश दिएको छ। जिल्ला अदालत धुलिखेलमा शुक्रबार भएको थुनछेक बहसका क्रममा न्यायाधीश शिवकुमार पोखरेलको इजलासले नागरिकता बिक्री अभियोगमा पक्राउ परेका अधिकृतद्वय झपेन्द्रराज खरेल र रामचन्द्र अर्यालसहित नागरिकता खरिद गर्ने काठमाडौँ महानगरपालिका–४ का ४० वर्षीय राजु गुरुङलाई थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका श्रेतेदार कर्णबहादुर राईले जानकारी दिए।

राईका अनुसार राजुका बाबु हरिभक्त गुरुङलाई पक्राउ पुर्जीको आदेश भएको हो। “खरेल तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा अधिकृत थिए भने अर्याल सुब्बा थिए”, उनले भने। यसअघि गुरुङ बाबुछोरा हङकङ बस्दै आएका थिए।

राजु गुरुङले अमेरिका जाने प्रयोजनका लागि काठमाडौंबाट लिएको सक्कली नागरिकताका साथै काभ्रेपलाञ्चोकबाट नागरिकता र राहदानी खरिद गरेका अनुसन्धानको क्रममा खेलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार नागरिकता फाँटमा अनुसूची मिलाउने र भर्ने सुब्बा रामचन्द्र अर्याल थिए। सुन तस्करी प्रकरणमा पक्राउ परेका विदेशी नागरिकलाई नागरिकता दिएको अभियोगमा अधिकृतद्वय खरेल र अर्याल अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले गृहमन्त्रालयद्वारा गठित छानबिन समितिले दिएको निर्देशनअनुसार विदेशीलाई नागरिकता दिएको अभियोगमा अनुसन्धान गरिरहँदा गुरुङलाई नागरिकता बिक्री गरेको फेला परेपछि दुई अधिकृत पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार दुवै अधिकृतमाथि स्वदेशी र विदेशीलाई नागरिकता बिक्री गरेको अभियोग छ। प्रहरीले विदेशी नागरिक दावा छिरिङ भनिने निमा तामाङ भएको झुटो विवरण पेस गरी विसं २०७४ पुस २० गते नागरिकता दिलाएको सहित ९ जनालाई नागरिकता बिक्री गरेको अभियोगमा अनुसन्धान जारी राखिएको उनले जानकारी दिए।

छिरिङ ठूलो परिमाणमा सुन तस्करीमा संलग्न रहेपछि प्रहरीले गत साउन १४ गते पक्राउ गरी केन्द्रीय कारागारमा राखेको छ। अधिकृत खरेललाई यही चैत ३ गते सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबाट र अर्याललाई गत फागुन २४ गते बागमती प्रदेशसभा सचिवालयबाट प्रहरीले पक्राउ गरेको थियो।
रासस।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...