News Portal

विदेशबाट सुन तस्करी गर्ने गिरोह पक्राउ

हिमालीसंचार संवाददाता
२७९ पटक

काठमाडौं। खाडी मुलुकहरुबाट स-सानो परिमाणमा सुन तस्करी गर्ने र सुन ल्याउने व्यक्तिलाई लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले विदेशबाट पठाएको सुन लुट्ने र उल्टै सुन ल्याउनेबाट सुन बराबरको रकम असुल्ने गिरोहका ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौंस्थित संकटा मन्दिर परिसरमा कास्की लज सञ्चालन गर्दै आएका ६० वर्षिय धनबहादुर गुरुङ र उनका २८ वर्षिय छोरा नितेश गुरुङ, काभ्रेको सुनकोशी गाउपालिका ४ घर भई काठमाडौं टेबहालमा बस्ने ३३ वर्षका रामकुमार श्रेष्ठ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका ३६ बर्षिय सुजन लामा, पाँचथरको फाल्गुनन्द गाउँपालिकका हेमराज रसाइली र भारत विहारको दरभंगा घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १० मा बस्दै आएका राजेशकुमार जाजोजिया रहेका छन्।

यो गिरोहले खाडी मुलुकबाट आउने नेपाली कामदारलगायतलाई प्रयोग गरी सुन मगाउने र सुन ल्याउनेलाई लुट्ने तथा सुन बराबरको रकम असुल्ने धन्दा गर्दै आएको प्रहरीले जनाएको छ।

कास्की लजका सञ्चालक गुरुङ बाउछोराले कास्की मनि चेञ्जरको आडमा तस्करी भएर आएको र लुटेको सुन जम्मा गरेर विभिन्न सुन पसलहरुमा बिक्री गर्दै आएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

भारतीय नागरिक जाजोजियाले न्युरोडमा महाकाली ज्वेलरी संचालन गर्दै आईरहेका छन् भने रसाइलीले ललितपुरको ताल्छिखेलमा ताप्लेजुङ्ग पाँचथर सिद्धदेबि सुनचाँदी पसल सञ्चालन गर्दै आइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुन बुझ्ने र लुटेरा एउटै गिरोहको हुने गरेको र सुन ल्याउनेबाट रकम असुल्ने गरिएको थियो। यसरी दैनिक आउने सुन गुरुङ्ग बाउछोराको मनि चेन्जरको कोठामा जम्मा गरि उपत्यकाका विभिन्न सुन चाँदी पसलमा बिक्री हुदै आएको पनि प्रहरीले बताएको छ।

प्रहरीले लुकाइराखेको १ सय १३ ग्राम भन्दा बढी सुन र ६ लाख १६ हजार रुपैयाँ गिरोहबाट बरामद गरेको छ।

प्रतिकृया दिनुहोस्

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...