News Portal

श्रीमानको हत्या गर्न श्रीमतीको सुपारी

हिमालीसंचार संवाददाता
३६३ पटक
शुक्रबार, ०९ चैत २०८०

पोखरा। कास्कीको मादीमा निर्माणाधीन हाइड्रोपावरमा काम गर्ने भनेर फकाए। सिन्धुपाल्चोक जगुल गाउँपालिका वडा नम्बर ३ गुम्बा घर भएका रामलाल तामाङ खुसी हुँदै सिक्लेस आए।

रामलालले डोजर, एक्स्काभेटर चलाउँथे। हाइड्रोमा काम पाए कमाई पनि राम्रो हुने उनलाई थाहा थियो। तर काम गर्न आएका उनी चैत ३ गते मृत भेटिए। अनुसन्धान गर्दै जाँदा उनको हत्या भएको खुल्यो। उनको हत्या गरेर सँगै आएका ३ जना फरार भए।

उनको हत्या गर्न आफ्नै श्रीमतीले टोली खटाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। हत्या आरोपमा श्रीमती र उनीसँगै हाइड्रोमा काम आएका ३ जनालाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरी पोखरा ल्याएको कास्की प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा श्रीमती च्याङ्मा तामाङ, उनलाई ल्याउने धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङ छन्। पक्राउ परेकै एक जनासँग च्याङ्माको सम्बन्ध रहेको पाइएको प्रहरीले जनाएको छ।

रामलालको शव उनका बुबाले बुझेका छन्। उनको ज्याकेटको गोजीबाट स्काभेटरको चाबी भेटिएको छ। वडाध्यक्ष देवीजंग गुरुङको समन्वयमा उनको शवको पहिचान भएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...